काठमाडौं– चन्द्रागिरीस्थित सेतो पहरामा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमालचुलीको सेतो पहराबाट पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। भ्यानमा सवारमध्ये एक जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
मृत्यु हुनेहरूमा ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम रहेका छन्।
घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको टाउकोमा चोट लागेको छ। उनलाई बल्खुस्थित बयोद्धा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल छिन्।
मृतकको लास र गाडी उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।