काठमाडौं– नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर राप्ती नदीमा खसेको थियो।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) उज्जवल बहादुर सिंहका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। ‘५ जनाको घटनास्थलमै मृत्यु भएको छ। २५ जनालाई घाइते अवस्थामा उद्धार गरेका छौं,’ इन्सपेक्टर सिंहले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।