काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६० जना कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै ती कर्मचारीको माग गरेको हो।
नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्नका लागि कम्पनीले दरखास्त आह्वान गरेको हो।
कम्पनीले ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायक माग गरेको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ। आवेदन दस्तुर पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।
सूचना


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।