काठमाडौं– बाल यौन दुराचार तथा मान्छे बेपत्ता आरोपमा थुनामा पठाउन आदेश दिइएका तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार लगिएको छ।
बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई जिल्ला कारागार महोत्तरी लगिएको हो।
सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो। रेग्मीको इजलासमा उनीसहित तीन जनाको मुद्दाको सुनुवाइ भएको थियो।
अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।
बुधबार मध्यराति उनलाई सर्लाही पुर्याइएको थियो। सर्लाही पुर्याइएका उनलाई आज (बिहीबार) अदालतमा पेस गरिएको थियो। बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।