काठमाडौं– अमेरिकन डलर देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ निगाले घर भई हाल काठमाडौंको फर्पिङ बस्दै आएका ४३ वर्षीय कुमार तामाङ भनिने हस्तबहादुर तामाङ रहेका छन्।
पुस ९ गते दिउँसो १ बजे काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभार जलबिनायक मन्दिरस्थित ललितपुरको गोदावरी–९ का ३६ वर्षीय विजय कुँवरलाई पक्राउ गरेपछि अनुसन्धान गर्दा तामाङले आफूले अमेरिकन आठ हजार डलर भेटाएको र नेपाली रुपैयाँमा साँट्ने भए ५ लाख रुपैयासँग साट्ने आफूलाई पाँच लाख दिनुभन्दै पाँच लाख लिएर कुँवरलाई सुरुमा ५० दरको अमेरिकन डलर दिएको र अन्य डलर रुमालभित्र छ भनेर नेपाली २० दरको २४० वटा नोटहरु रातो रुमालमा पोका बनाएर दिइ ठगी गरी फरार भएका थिए।
उक्त घटनाबारे कीर्तिपुरमा निवेदन परेपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले तामाङलाई बुधबार चार बजे काठमाडौंको दक्षिणकाली नगरपालिका–५ नारायणथानमा फेला परेको थियो। उनीविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ।
उनको साथबाट अमेरिकन डलर ५० को एक थान र २० दरको नेपाली रुपैयाँ २४० नोटसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।