• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बम्जनपीडित किशोरीको बयान

पटक-पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०८०  १४:५६
1140x725

काठमाडौं- बाल यौन दुराचारको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। 

रेग्मीको इजलासमा बम्जनमाथि बयान सुरु गरिएको छ। त्यसपछि थुनछेक बहस हुनेछ। थुनकेछ सकिएपछि बम्जनलाई साधारण तारेख तथा धरौटी छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउनेछ। 

बम्जन पक्राउ पर्नुको मुख्य कारण बाल यौन दुराचार हो। बम्जनबाट आफू पीडित भएको भन्दै एक किशोरीले जाहेरी दिएकी थिइन्। बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातना समेत दिएको आरोप छ। 

पीडित भनिएकी किशोरीसँग यसअघि नै प्रहरी तथा सरकारी वकिल पक्षले बयान लिएको थियो। बयानका क्रममा १४ वर्षकी ती किशोरीले बम्जनको ज्यादतीबारे बताएकी थिइन्। आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कार सहन नसकेर आत्महत्याको प्रयास समेत गरेको बताएकी थिइन्।

उनै बम्जनसहित तीन जनालाई प्रतिवादी बनाउँदै २०७७ असारमा जिल्ला अदालतमा बाल यौन दुराचारको मुद्दा दायर भएको थियो। जसमा बम्जनलाई १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको थियो।

बयानमा किशोरीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बयानमा बताएकी छन्। गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रम भित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर आत्महत्या सफल हुन नसकेको बयान उनले दिएकी छन्। 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले आफू आश्रमबाट निस्कन चाहेको बताउँदा पटक–पटक कुटपिट गर्ने अनि मानसिक र शारीरिक यातना दिइएको पनि उल्लेख गरेकी थिइन्। बलात्कारपछि बम्जनकी श्रीमती दीपशीखा बम्जनले समेत कुटपिट गरेको बयानमा उल्लेख छ। 

२०७१ साउन २८ मा गुरुको दर्शनका लागि पुगेको आफूलाई बुबाले आनी बनाउन उक्त आश्रममा छाडेर गएको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा २ वर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको उनले बयानमा उल्लेख गरेकी छन्। ‘गुरुको उक्त कार्यको विरोध गर्दा एक्कासि बुबालाई झिकाएर ८ लाख चोरीको आरोप लगाए, अनि म र मेरो भाइलाई आश्रमबाट निकालिदिए,’ बयानमा उनले भनेकी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यता सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घटनास्थलको मुचुल्कामा १८ वर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठा भित्र छिरेपछि चुकुल लगाएर जबर्जस्ती गर्ने गरेको उल्लेख छ।  

सर्लाही लालबन्दी नगरपालिका १२ पत्थरकोटस्थित महासम्बोधी धर्म संघको आश्रममा रहेको टायलको छाना भएको २ तल्ले घरमा बम्जन बस्ने, खाने, पूजा गर्ने र सुत्ने कोठा रहेको प्रतिवेदनमा उल्लेख छ। 

‘२०७३ साउन २० गते १८ वर्षकी ‘क’ (नाम परिवर्तन) लाई ललाई-फकाई आफू सुत्ने कोठामा बोलाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कोठामा आएपछि बम्जनले चुकुल लगाए र कोठा भित्र रहेको प्लाष्टिकको कार्पेटमा लडाई रुन–कराउन नदिई,  हारगुहार गर्न नदिई मुख थुनी दुवै हात समाएर जबर्जस्ती करणी गरेको,’ प्रतिवेदनमा उल्लेख छ। 

पीडितका दाजुको बयान- मलाई तिम्रो शरीर चाहिन्छ भन्थे बम्जन 
बम्जनले आफ्नी बहिनीलाई पटक–पटक बलात्कार गर्ने गरेको बयान पीडितका दाइले दिएका छन्। उनले (अदालतको बयानमा ‘क ४’ नाम उल्लेख) गरेको कागजमा बहिनीलाई बम्जनले किचेनमा सुतेको अवस्थामा बोलाएर बलात्कार गरेको उल्लेख छ। 

‘मलाई तिम्रो शरीर चाहिन्छ भन्दै बम्जनले संवेदनशील अंगमा छुने, सम्सुम्याउने र फकाउने गरेको बहिनीले मलाई बताइन्,’ पीडित किशोरीका दाजुले भनेका छन्, ‘बम्जनले दिएको पीडा सहन नसकी काठमाडौं भागेर आएकी थिइन्।’ आनी बन्न गएकी आफ्नी नाबालक बहिनीलाई जबर्जस्ती करणी गरेकाले हदैसम्म सजाय हुनुपर्ने उनले गरेको बयानको कागजमा उल्लेख छ।

उनै यौन दुराचारको आरोप लागेका बम्जनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको ४ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता मंगलबार, वैशाख २९, २०८३
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने मंगलबार, वैशाख २९, २०८३
कति पुग्यो अमेरिकी डलरको मूल्य ? मंगलबार, वैशाख २९, २०८३
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग २ सिरिज : नेपालले आज स्कटल्याण्डसँग खेल्दै मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्