काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ। सोसाईटीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।
नेपालको संविधान, अन्तर्राट्रिय आधारभुत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले बताए।
त्यसका लागि सोसाईटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकिएको पनि उनले बताए। त्यसैगरी रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पत्तिहरुको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय वृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ।
महामन्त्री श्रेष्ठले रेडक्रसको कानून निर्माणको काममा पनि ढिलाई नगर्ने बताए। रेडक्रसले मानवीय सहायताको कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार सबै तह, रेडक्रस अभियानका अंगहरु र साझेदारहरुसँगको सहयोग र साझेदारी अभिवृद्धि गर्ने कुरामा पनि जोड दिने कार्ययोजना तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।