काठमाडौं– नेपाल क्लिक्स डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मातृ शोक परेको छ।
प्रधान सम्पादक अमृतका ९२ वर्षीया आमा लक्ष्मी तिवारीको बुधबार उपचारको क्रममा निधन भएको हो।
पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि तिवारीको उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधबार वीर अस्पतालमा उनको निधन भएको हो।
दुई दशकभन्दा बढी समयदेखि मुलधारको पत्रकारितामा सक्रिय अमृत नेपाल लाइभ डटकमका पूर्वप्रधान सम्पादक समेत हुन्। अमृतले लामो समय छापा तथा अनलाइन न्यूज पोर्टलको विभिन्न भूमिकामा रहेर पत्रकारिता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।