काठमाडौं– बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालका पाँच फिल्मकर्मी छनोट भएका छन्।
विश्वप्रसिद्ध यो फेस्टिभलले आज विश्वभरका २ सय २ फिल्म फिल्ममेकरको नाम सार्वजनिक गरेको हो।
जसमा फिल्म ‘रेड सुटकेश’का निर्देशक फिडेल देवकोटा, प्रोडक्सन डिजाइनर राम लाल खड्का, साउण्ड डिजाइनर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ र स्क्रिनराइटर राजन कठेत छनोट भएको जानकारी दिएको हो।
उक्त ट्यालेन्टका लागि१ सय ३१ देशबाट ३ हजार ८ सय ३२ जनाले आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।