काठमाडौं– बलिउडका चर्चित चरित्र अभिनेता बोमन इरानीले ‘डंकी’को सफलतापछि शाहरुख खान र सम्पूर्ण टिमका लागि सामाजिक सञ्जालमा एउटा भावुक नोट लेखेका छन्।
राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा शिक्षकको भूमिकामा बोमन इरानीले दर्शकको मन जितेका थिए।
निर्देशक राजकुमार हिरानी र सम्पूर्ण टोलीका साथै शाहरुख खान, तापसी पन्नु र विक्की कौशलको प्रशंसा गर्दै इरानीले सबैको कडा परिश्रमको प्रशंसा गरे।
उनले आफू यो फिल्मको हिस्सा भएकोमा कृतज्ञता व्यक्त गरे।
बोमन इरानीले आफ्नो सोशल मिडिया ह्यान्डलमा फिल्मको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘दर्शकहरूसँग फिल्म हेर्न पाउँदा सधै रमाइलो हुन्छ। म सम्पूर्ण टिमको मेहनतको कदर गर्न सक्छु। डंकीमा हरेक कलाकारले उत्कृष्ट काम गरेका छन्।
यस्ता चलचित्रहरूले मानवता, दया, वफादारीमा हाम्रो विश्वासलाई बलियो बनाएका छन्। त्यसैले हामी राजकुमार हिरानीका फिल्महरू हेर्न मन पराउँछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।