काठमाडौं– ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।
बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मारेको थियो। छापा मार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ।
उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।
बम्जनविरुद्ध मान्छे बेपत्ता पारेको र बाल यौन दुराचारको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।