• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कोठामा हत्या गरी साइकलमा लोड गरेर फालियो शव, काकाले मारे श्रीमती र भतिज, कारण बन्यो अवैध सम्बन्ध

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  १३:३२
1140x725

काठमाडौं- चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको डेढ महिनापछि हत्याकाण्ड सुल्झिएको छ। लामो समयसम्म पहिचान हुन नसकेका ती दुईको शवको पहिचान मात्र भएको छैन, त्यसका अभियुक्त समेत प्रहरीले पत्ता लगाएको छ। अभियुक्त पत्ता लागेसँगै यो घटनाको पटाक्षेप भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको संयुक्त टोलीले डेढ महिनापछि यो घटना सुल्झाएको हो। बोरा भित्र प्याक गरेको अवस्थामा मृत भेटिका दुई शव भारतीय नागरिकको रहेको खुलेको छ। मृत भेटिएका पुरुष भारतको मोतिहारी फुलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र महिला सुगौली चम्पारणका ३० वर्षीय अस्मिता भनिने सन्जु देवी रहेको खुलेको छ।

उनीहरु दुवै जनाको हत्या गर्ने व्यक्ति भारतीय नागरिक सुगौली पूर्व चम्पारणका ३३ वर्षीय अखिलेश भगत हुन्। मृतक दुई जना र हत्या आरोपित एकै परिवारका व्यक्ति हुन्। सन्जु देवी अखिलेशकी श्रीमती हुन् भने ऋषभकुमार उनका भतिजा हुन्। अर्थात् अखिलेशले आफ्नै श्रीमती र भतिजको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। 
यी दुईको हत्यामा विवाहपछिको अवैध सम्बन्ध रहेको खुलेको छ। विवाहपछि आफ्नै भतिजसँग अवैध सम्बन्ध राखेको पाएपछि अखिलेशले हत्या गरेको खुलेको छ। 

हत्या गरिएका व्यक्ति तथा हत्या आरोपित सबै जना नेपालमा फलफूलको व्यापारका आउने-जाने गर्थे। सोही क्रममा ऋषभ र सन्जु गत दशैंमा अन्तिम पटक नेपाल आई चितवनमा बसेका थिए। चितवनस्थित काका नाता पर्नेको घरमा कोठा लिएर उनीहरु (भतिज ऋषभ र उनका काकी सन्जु) बसेका थिए।  काकी भतिजको नाता भए पनि उनीहरुबीच श्रीमान्-श्रीमतीबीचको जस्तो सम्बन्ध रहेको थियो।

चितवन गएर भतिजसँग बसेको भन्ने जानकारी पाएपछि हत्या गर्ने योजना बनाएर अखिलेश चितवन पुगेका थिए। गत मंसिर २ गते राति अखिलेशले उनीहरु भाडामा बस्दै आएको काठामै दुवै जनाको हत्या गरेको पाइएको एसपी अधिकारीले बताए। राति हत्या गरेर जुटको बोरामा शव प्याक गरेर उनले व्यवस्थापन गरेका थिए। राति १२:४५ बजे र १:१२ बजेको समयमा दुई पटक गरेर साइकलमा शव राखेर अखिलेशले कल्भर्टमा लगेर फालेको सीसीटीभी फुटेजमा समेत देखिएको एसपी अधिकारीले बताए। 

Ncell 2
Ncell 2

हत्यापछि साइकलमा शव राखेर व्यवस्थापन गरेको त्यसको ३ दिनपछि मंसिर ६ गते बल्ल चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो। 

सीसीटीभी फुटेजमा केही हुलिया देखिए पनि शव पहिचान नहुँदा प्रहरीले हत्यारा पक्राउ गर्न सकेको थिएन। त्यसका लागि सुरुमा मृत भेटिएका महिला र पुरुषको शव पहिचान हुन नसकेपछि शवसँगै भेटिएका कपडा तथा विभिन्न हुलियाहरु सार्वजनिक गर्दै हुलियासँग मेल खाने व्यक्ति हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको थियो। मृत भेटिएका पुरुषको शरीरमा निलो रङको कट्टु, कलेजी रङको पेन्टी, सेता रङको सेन्डो रहेको हुलिया उल्लेख गरिएको थियो।

महिलाको शरीरमा प्याजी रङको लेगिन्ज, रातो पहँलो मिसिएको सल, माला, कानमा झुम्का, बाँया हातमा ए, एम, वाई र एसजस्तो आकारको ट्याटु रहेको भन्दै प्रहरीले हुलिया सार्वजनिक गरिएको थियो। 

हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएर हत्यारा समेत पत्ता लाग्यो। 

हत्यापछि मंसिर १६ आफू फरार भएर भारत पुगेको अखिलेशले बताएका छन्। नेपालमा दुई जनाको हत्या गरेका अखिलेश नेपाल प्रहरीको हिरासतमा नभएर अहिले भारतीय प्रहरीको हिरासतमा छन्। उनले भारतमा समेत अपहरण तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। उनी विरुद्ध अहिले प्रहरी थाना सुनौली बिहारमा अपहरण तथा व्यक्ति वेपत्ता सम्बन्धी एफआईआर दर्ता भएको छ। सोही क्रममा यही पुस १६ गते उनलाई भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

हाल उनलाई भारतको केन्द्रीय कारागृहमा राखिएको छ। नेपालमा समेत दुई जना आफ्नै श्रीमती र भतिजको हत्या गरेको पाइएपछि भारतीय प्रहरीसँग समन्वय गरेर उनको बयान लिइएको एसपी अधिकारीले बताए। प्रहरीको बयानका क्रममा अखिलेशले आफ्नै श्रीमती र भतिजको हत्या गरेको समेत स्वीकार गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी बुधबार, पुस ३०, २०८२
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
गगन र विश्वप्रकाश कानुनी परामर्शमा बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्