• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कोठामा हत्या गरी साइकलमा लोड गरेर फालियो शव, काकाले मारे श्रीमती र भतिज, कारण बन्यो अवैध सम्बन्ध

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  १३:३२
1140x725

काठमाडौं- चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको डेढ महिनापछि हत्याकाण्ड सुल्झिएको छ। लामो समयसम्म पहिचान हुन नसकेका ती दुईको शवको पहिचान मात्र भएको छैन, त्यसका अभियुक्त समेत प्रहरीले पत्ता लगाएको छ। अभियुक्त पत्ता लागेसँगै यो घटनाको पटाक्षेप भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको संयुक्त टोलीले डेढ महिनापछि यो घटना सुल्झाएको हो। बोरा भित्र प्याक गरेको अवस्थामा मृत भेटिका दुई शव भारतीय नागरिकको रहेको खुलेको छ। मृत भेटिएका पुरुष भारतको मोतिहारी फुलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र महिला सुगौली चम्पारणका ३० वर्षीय अस्मिता भनिने सन्जु देवी रहेको खुलेको छ।

उनीहरु दुवै जनाको हत्या गर्ने व्यक्ति भारतीय नागरिक सुगौली पूर्व चम्पारणका ३३ वर्षीय अखिलेश भगत हुन्। मृतक दुई जना र हत्या आरोपित एकै परिवारका व्यक्ति हुन्। सन्जु देवी अखिलेशकी श्रीमती हुन् भने ऋषभकुमार उनका भतिजा हुन्। अर्थात् अखिलेशले आफ्नै श्रीमती र भतिजको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। 
यी दुईको हत्यामा विवाहपछिको अवैध सम्बन्ध रहेको खुलेको छ। विवाहपछि आफ्नै भतिजसँग अवैध सम्बन्ध राखेको पाएपछि अखिलेशले हत्या गरेको खुलेको छ। 

हत्या गरिएका व्यक्ति तथा हत्या आरोपित सबै जना नेपालमा फलफूलको व्यापारका आउने-जाने गर्थे। सोही क्रममा ऋषभ र सन्जु गत दशैंमा अन्तिम पटक नेपाल आई चितवनमा बसेका थिए। चितवनस्थित काका नाता पर्नेको घरमा कोठा लिएर उनीहरु (भतिज ऋषभ र उनका काकी सन्जु) बसेका थिए।  काकी भतिजको नाता भए पनि उनीहरुबीच श्रीमान्-श्रीमतीबीचको जस्तो सम्बन्ध रहेको थियो।

चितवन गएर भतिजसँग बसेको भन्ने जानकारी पाएपछि हत्या गर्ने योजना बनाएर अखिलेश चितवन पुगेका थिए। गत मंसिर २ गते राति अखिलेशले उनीहरु भाडामा बस्दै आएको काठामै दुवै जनाको हत्या गरेको पाइएको एसपी अधिकारीले बताए। राति हत्या गरेर जुटको बोरामा शव प्याक गरेर उनले व्यवस्थापन गरेका थिए। राति १२:४५ बजे र १:१२ बजेको समयमा दुई पटक गरेर साइकलमा शव राखेर अखिलेशले कल्भर्टमा लगेर फालेको सीसीटीभी फुटेजमा समेत देखिएको एसपी अधिकारीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

हत्यापछि साइकलमा शव राखेर व्यवस्थापन गरेको त्यसको ३ दिनपछि मंसिर ६ गते बल्ल चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो। 

सीसीटीभी फुटेजमा केही हुलिया देखिए पनि शव पहिचान नहुँदा प्रहरीले हत्यारा पक्राउ गर्न सकेको थिएन। त्यसका लागि सुरुमा मृत भेटिएका महिला र पुरुषको शव पहिचान हुन नसकेपछि शवसँगै भेटिएका कपडा तथा विभिन्न हुलियाहरु सार्वजनिक गर्दै हुलियासँग मेल खाने व्यक्ति हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको थियो। मृत भेटिएका पुरुषको शरीरमा निलो रङको कट्टु, कलेजी रङको पेन्टी, सेता रङको सेन्डो रहेको हुलिया उल्लेख गरिएको थियो।

महिलाको शरीरमा प्याजी रङको लेगिन्ज, रातो पहँलो मिसिएको सल, माला, कानमा झुम्का, बाँया हातमा ए, एम, वाई र एसजस्तो आकारको ट्याटु रहेको भन्दै प्रहरीले हुलिया सार्वजनिक गरिएको थियो। 

Xtrem
Xtrem

हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएर हत्यारा समेत पत्ता लाग्यो। 

हत्यापछि मंसिर १६ आफू फरार भएर भारत पुगेको अखिलेशले बताएका छन्। नेपालमा दुई जनाको हत्या गरेका अखिलेश नेपाल प्रहरीको हिरासतमा नभएर अहिले भारतीय प्रहरीको हिरासतमा छन्। उनले भारतमा समेत अपहरण तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। उनी विरुद्ध अहिले प्रहरी थाना सुनौली बिहारमा अपहरण तथा व्यक्ति वेपत्ता सम्बन्धी एफआईआर दर्ता भएको छ। सोही क्रममा यही पुस १६ गते उनलाई भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

हाल उनलाई भारतको केन्द्रीय कारागृहमा राखिएको छ। नेपालमा समेत दुई जना आफ्नै श्रीमती र भतिजको हत्या गरेको पाइएपछि भारतीय प्रहरीसँग समन्वय गरेर उनको बयान लिइएको एसपी अधिकारीले बताए। प्रहरीको बयानका क्रममा अखिलेशले आफ्नै श्रीमती र भतिजको हत्या गरेको समेत स्वीकार गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
युवा नेता तिवारीले गरे कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्