काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयले अवैध रुपमा राखिएको ४७ किलो चाँदी बरामद गरेको छ। काठमाडौंको भोटेबहाल, कोटेश्वरलगायतका ठाउँहरुमा राजश्व छलेर ल्याइएका चाँदी बरामद गरेको हो।
४७ किलो चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा बाराको कलैया नगरपालिका–१० घर भएका ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगञ्ज महानगरपालिका–३ घर भएका ३२ वर्षीय सुमन कुमार सरार्फ र बाराको विश्रामपुर गाउँपालिका–५ घर भएका २० वर्षीय मनिष सरार्फ छन्।
पक्राउ परेकाहरु सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।