काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारको १२ वर्षअघि रिलिज भएको फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ।
फिल्मको सिक्वेललाई लिएर तमिल निर्देशक पा रञ्जितसँग कुराकानी भइरहेको छ। यो वर्षको अन्त्यसम्ममा फिल्मको औपचारिक घोषणा पनि हुनेछ।
फिल्म सन् २०१२ मा रिलिज भएको थियो।
अक्षयको ‘हाउसफुल ५’, ‘वेलकम ३’, ‘हेरा फेरी ३’ र ‘आवारा पागल दीवाना २’ पनि सूचीमै छन्।
रिपोर्टका अनुसार ‘राउडी राठौर’को सिक्वेलको स्क्रिप्ट फाइनल भइसकेको छ। फिल्मका लागि तमिल निर्देशक पा. रञ्जितसँग पनि कुराकानी भइरहेको छ।
वास्तवमा, सञ्जय लीला भन्साली र शबिना खानले लामो समयदेखि निर्देशक पी रञ्जितसँग प्रोजेक्टको बारेमा छलफल गरिरहेका थिए। अर्कोतर्फ, तमिल निर्देशकहरू पनि नयाँ स्वादका साथ सिक्वेलमा काम गर्न उत्सुक देखिएका छन्।
रजनीकान्तको ‘काला’ र तमिल मजदुरमाथिको उत्पीडनको कथा रहेको ‘कबाली’ लाई दर्शकले निकै माया पाएका छन्। यी कथाहरूलाई ठूलो पर्दामा ल्याउने व्यक्ति अरू कोही होइन, पा रञ्जित हुन्। जो सामाजिक प्रेरक चलचित्र बनाउनका लागि परिचित छन्।
‘राउडी राठौर २’ उनको पहिलो हिन्दी फिल्म हुनेछ। यो पहिलो पटक भने होइन, साउथका निर्देशकहरु लगातार बलिउड फिल्ममा काम गरिरहेका देखिन्छन्। हालै सन्दीप रेड्डी वांगाको ‘एनिमल’ पनि निकै चर्चित भयो।
‘राउडी राठौर २’ का कलाकार भने फाइनल भएका छैनन्। निर्देशक फाइनल भएपछि मात्र सिक्वेलका लागि स्टारलाई सम्पर्क गरिनेछ। अक्षय कुमार सोनाक्षी सिन्हा सिक्वेलको लागि फर्किने वा नयाँ स्टार फिल्ममा राउडी स्टाइलमा देखिने भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।