Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्: प्रशस्त डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने?

64x64
नेपाल लाइभ आइतबार, पुस २२, २०८०  १८:१३
1140x725

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने बताएका छन्। आइतबार कान्ति बाल अस्पतालको वार्षिकोत्सबमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।

उनले विदेशमा डाक्टर र नर्सलाई धेरै तलब तथा इज्जत, मान, प्रतिष्ठा पनि हुने भएकाले  अब यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए। उनले त्यसका लागि कदम पनि अगाडि बढाइएको बताएका छन्।

‘यदी हामीले विदेश पठाउने नै हो भने पनि नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने? डाक्टर जसले स्वत १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ। धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ, इज्जत हुन्छ, सम्मान हुन्छ, मान, प्रतिष्ठा हुन्छ।’ मन्त्री बस्नेतले भने, ‘त्यसकारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। यसका लागि हामीले कदम पनि अगाडि सारेका छौ।’ उनले डाक्टर र नर्स प्रशस्त उत्पादन गर्नका लागि चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षा विधाको अध्ययन खुकुलो गराउनुपर्ने बताए। 

मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० वेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० वेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था हुनुपर्ने बताएका छन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि जानकारी दिए। 

बन्त्री बस्नेतले मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामूख तथा आफ्नै दलको पार्टी सभापति सामु पनि  उक्त कुरा गरेको  भन्दै सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने बताएको समेत जिकिर गरेका छन्। 

‘मन्त्रिपरिषद्मा पनि यो कुरा राखेको छु। संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननिय सभामुख ज्युलाई पनि मैले कुरा राखे। पार्टीका नेताहरुलाई पनि मैले यो कुरा राखँे। मैले मेरै पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेँ। उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, सबैको एक स्वर छ।’

उनले भारतमा वार्षिक १९ लाखले मेडिकल शिक्षाका लागि आवेदन दिने, तीमध्ये ९ लाखले प्रवेश परीक्षा पास गर्ने र एक लाखले मात्र पढ्न पाउने गरेको उल्लेख गर्दै परीक्षा पास गरेका ९ लाखमध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके अर्बौ पैसा कमाउन सकिने पनि बताए।

‘विदेशी विद्यार्थीलाई पनि हामीले भूमिका दिन समावेश गर्न सक्यौ भने अर्बौ पैसा आउछ।’ विदेशी विद्यार्थीलाई पनि हामीले भूमिका दिन समावेश गर्न सक्यौ भने अर्बौ पैसा आउँछ। भारतमा मात्रै वार्षिक १९ लाख मान्छेले डाक्टर पढ्न आवेदन दिँदा रहेछन्। परीक्षामा ९ लाखले पास गर्दा रहेछन्। एक लाखले पढ्न पाउँदा रहेछन्।,’ उनले भने, ‘त्यो ९ लाख जाँच पास गरेकामध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके के हुन्छ? कल्पना गरौं न। २५ हजारलाई नै ल्याएपनि के हुन्छ?’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमै सरकारी अस्पतालहरुमा चिकित्सक र नर्स लगायत स्वास्थ्य जनशक्तिको दरवन्दी कम छ। पर्याप्त जनशक्ति नहुँदा अस्पतालमा बिरामीले समयमै उपचार पाउन समस्या छ।  कामको चाप बढी छ तर तलबसुविधा भने राम्रो नभएको गुनासो कार्यरत स्वास्थ्य जनशक्तिको छ। तर स्वास्थ्यमन्त्री बस्नेतको ध्यान त्यसतर्फ गएको छैन। उनले प्रशस्त स्वास्थ्यका जनशक्ति विदेश पढाउने र अर्बौ पैसा नेपालमा आउने भन्दै त्यसमा आफूले कदम समेत चालेको बताएका छन्। 

मन्त्री बस्नेतको भनाइ जस्ताको जस्तै
'मैले अहिले दुईवटा कुरा अगडि  बढाएको छु। एउटा चिकित्सा शिक्षा ऐनलाई संसोधन गरेर हामीले गुणस्तरिय चिकित्सा शिक्षाका बारेमा र शुल्क निर्धारण गर्न गभरमेन्टले एउटा कार्यविधि बनाएर स्टोङ्ली मनिटरिङ गर्ने। तर यो विधामा पढाउन अलि खुकुलो गराउने, अर्को सरकारी अस्पतालहरु १०० देखि ३०० बेड भएकालाई नर्सिङ र पारामेडिक्स पढाउन दिने, ३०० वेडभन्दा माथि बेड भएका अस्पतालमा एमबिबिएस पनि पढाउन दिने। यो निर्णय स्वास्थ्य मन्त्रालयले गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वय गर्न पनि लेखेका छौ। र मन्त्रिपरिषद्मा पनि यो कुरा राखेको छु। संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननिय सभामुख ज्युलाई पनि मैले कुरा राखेँ। पार्टीका नेताहरुलाई पनि मैले यो कुरा राखे।

मैले मेरै पार्टीका सभापति शेरबहादुर देउवा ज्युलाई पनि यो कुरा राखेँ। सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, सबैको एक स्वर छ। यो काम सम्पन्न भइसकेको अवस्थामा लाखौ विद्यार्थीहरु विदेश जानबाट रोकिन्छन्। खर्बौ रुपैयाँ नेपालमा रहन्छ। विदेशी विद्यार्थीलाई पनि हामीले भूमिका दिन समावेश गर्न सक्यौ भने अर्बौ पैसा आउँछ। भारतमा मात्रै वार्षिक १९ लाख मान्छेले डाक्टर पढ्न आवेदन दिँदा रहेछन्। परीक्षा ९ लाखले पास गर्दा रहेछन्। एक लाखले पढ्न पाउँदा रहेछन्। त्यो ९ लाख जाँच पास गरेकामध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके के हुन्छ? कल्पना गरौं न। २५ हजारलाई नै ल्याएपनि के हुन्छ? र अहिले शिक्षित वेरोजगार त्यतिकै छन् काम पाएका छैनन्।

हजारौं हजारले रोजगारी पाउने, लाखौले पढ्न पाउने। अहिले मानसिक रोगका कारण १० प्रतिशत मानिस मरेका छन्। यो मानसिक रोगी हुनुको ७५ प्रतिशत कारण शिक्षा र स्वास्थ्यबाट भएको छ। पढ्न नपाएका, रोजगार नपाएका यही शिक्षा र रोजगारले गर्दा छ। अहिले एयरपोटमा कहालीलाग्दो अवस्था छ। त्यहाँको आधा विदेशीने युवाहरुलाई रोक्न सक्छौ। अहिले पहाडमा बुढापाका र अलिअलि बच्चा छन्। कसरी मुलुकको विकास हुन्छ। सारा युवा हामीले विदेश पठाएका छौ। म मन्त्री भएको हैसियतले बोलिरहँदा यसको जिम्मेवार मान्छे म पनि हुँ। तर चसक्क चसक्क हुन्छ। त्यो अन्तर्राष्ट्रिय एयरपोटमा गएपछि मलाई दाँयाबाँया पनि हेर्न मन लाग्दैन। 

Xtrem

Xtrem

हाम्रोे कमिकमजोरीले गर्दा त्यो स्थिति देखा परेको छ। वास्तवमा लाज लाग्छ। अहिले मैले भनेको मेडिकल शिक्षा नीतिलाई लाूु गरेपछि त्यहाँको लाइन आधा घट्छ। र यदी हामीले विदेश पठाउने नै हो भने पनि नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने?डाक्टर जो १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ। हामी त्यो पढाऔं न। हामीलाई बढी भएको अवस्थामा बढी हुन्छ पढाउन, ठूलो स्रोत आउछ, इज्जत हुन्छ, सम्मान हुन्छ, मान, प्रतिष्ठा हुन्छ।  त्यसकारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ। यसका लागी हामीले कदम पनि अगााडी सारेका छौ।' 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्