काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित १ जना विदेशी महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार ती महिलालाई शनिबार राति पक्राउ गरिएको हो। उनी दुबईबाट आएकी थिइन्।
उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ। उनले धुलो बनाएर सुन लिएर आएकी थिइन्। कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ।
सुन लिएर आउँदै गरको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ती महिलालाई निगरानीमा गरेर पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।