काठमाडौं– ललितपुरको प्रहरी परिसरको प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनाललाई दिइएको छ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा एसएसपी सिद्धिविक्रम शाहले राम्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रहरी हेडक्वाटर तानिएको थियो।
त्यसको एक सातापछि ललितपुर प्रहरी परिसरको प्रमुखको जिम्मेवारी खनाललाई दिइएको हो। खनाल प्रहरी हेडक्वाटरमा कार्यरत थिए।
यस्तै बालकुमारी घटनाकै कारण ललितपुर परिसरको अप्रेशन कमाण्डर रहेका डीएसपी उमेश लम्साल निलम्बनमा परेका छन्। उनको स्थानमा सुधीर राईलाई सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।