डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।
बैतडीको दशरथ चन्द नगरपालिका–३ का ३५ वर्षीय नरेशनाथ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बताए।
नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ।
नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरामा बस्दै आएका र उनकी श्रीमतीको मानसिक सन्तुलन ठिक नभएको सुन्नमा आएको स्थानीयले बताएका छन्।
मृतक नाथको शव डडेल्धुरा अस्पतालको शवगृहमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।