काठमाडौं- बाघको आक्रमणबाट बर्दियामा एक जना बालकको मृत्यु भएको छ। बर्दिया नगरपालिका-४ का ११ वर्षीय सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।
शनिबार दिउँसो १२ बजे बबई नदीमा नुहाउन गएका थारुलाई जिरा सामुदायिक बन नजिकै बाघले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।