जनकपुरधाम– धनुषाको हंसपुर नगरपालिका ५ कि दीपा मण्डलको हत्या प्रकरणमा ईलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चार्ज (सई) बालमुकुन्द ठाकुर जिल्लामा तानिएका छन्।
छिमेकीसँग आसपी विवाद भएपछि पक्राउ गरी प्रहरी हिरासतमा यातना दिएपछि मण्डलको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय तोडफोड गरेका थिए। उक्त प्रकरणमा ठाकुर विवादित बनेपछि जिल्ला तानिएका हुन्। प्रहरी स्रोतका अनुसार आन्तरिक कारबाहीका लागि तानिएको हो।
छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए। उनीहरु हत्यारा प्रहरी ईन्चार्ज ठाकुरलाई कारबाही गर र मृतकलाई क्षतिपूर्ति देउ नारा लगाउदै तोडफोडमा उत्रेको थियो।
पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपाको विवाद भएको थियो। शंकरले फोन गरेर प्रहरीबाट दीपालाई पक्राउ गर्न लगाएका थिए। पक्राउ गरेर लगेपछि सई ठाकुरले यातना दिएको र उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेपछि अन्दाजी ६५ वर्षीय दिपाको मृत्यू भएको उनका आफन्त र स्थानीयको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।