कोलम्बो- श्रीलङ्कामा ६ दिनमा १० हजार बढी अपराधी पक्राउ परेका छन्। श्रीलङ्काको प्रहरीले हालै सुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ।
लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट सुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जनामध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले हेरोइनसहित अन्य लागुऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ।
यसैबीच श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताएका छन्।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।