• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजाको अवस्था अत्यन्त नाजुक, युद्धसँगै भोकमरीबाट पनि मर्न थाले मानिस

64x64
नेपाल लाइभ शुक्रबार, पुस ६, २०८०  १३:१६
1140x725

काठमाडौं– प्यालेस्टिनी लडाकू समूह हमासले ७ अक्टुबरमा गरेको हमलापछि इजरायलले गरिरहेको आक्रमणका कारण गाजाको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ।   

पछिल्लो रिपोर्टका अनुसार इजरायलको आक्रमणबाट अहिलेसम्म २० हजार प्यालेस्टिनी मारिएका छन्। 

इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा स्वास्थ्य सेवा ठप्प भएको छ। स्थानीय नागरिक भोकमरीको समस्यासँग जुझिरहेका छन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा अब कुनै पनि अस्पताल बचेको छैन, जसले उपचार सेवा प्रदान गर्न सकोस्। 

गाजाको दक्षिणी क्षेत्रमा पनि भीषण युद्ध जारी छ। उक्त क्षेत्रमा इजरायली पक्षले प्यालेस्टिनीहरुलाई खान यूनिस शहर र उक्त शहर आसपासको क्षेत्र खाली गर्न उर्दी जारी गरेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार गाजा शहरमा रहेका ३६ अस्पतालमध्ये अहिले ९ वटा मात्रै काम गर्न सक्ने अवस्थामा छन्। यद्यपि यी अस्पतालहरुमा पनि कहिलेसम्म सेवा प्रवाह हुन्छ भन्ने यकिन छैन। गाजा शहरको उत्तरी क्षेत्रमा एउटा पनि अस्पताल छैन, जहाँबाट सेवा प्रवाह भइरहेको होस्। 

अल-अहली एकमात्र अस्पताल बचेको थियो, जसले जेनतेन स्वास्थ्य सेवा प्रदान गरिरहेको थियो। तर उक्त अस्पतालले पनि अब बिरामीहरु भर्ना गर्न बन्द गरिदिएको छ। अल-शिफा, अल-अवदा र अल-शहाबा अस्पतालको अवस्था पनि यस्तै छ। 

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘अल अहली अस्पतालको अब संरचना मात्रै बचेको छ। २ दिन पहलेसम्म उत्तरी गाजामा यो एक मात्र अस्पताल थियो, जहाँ घाइतेहरुको उपचार भइरहेको थियो। यहाँको आकस्मिक वार्डमा ठूलो संख्यामा घाइतेहरु आइरहेका थिए।’

nimb
nimb
Gaza_Starvation-1703230198.jpg
विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा ९३ प्रतिशत जनता अपर्याप्त भोजन तथा उच्चस्तरको कुपोषणका साथै भोकमरीको संकठको सामना गरिरहेका छन्। तस्बिर: फातिमा शबैर/एपी

तर अब यो अस्पतालमा अपरेशन थिएटर बन्द भएको छ। किनकि यहाँ इन्धन छैन। न बिजुली छ, न त मेडिकल सप्लाइ नै छ। डाक्टर, सर्जन लगायत स्वास्थ्यकर्मी पनि छैनन्। 

विश्व स्वास्थ्य संगठनले पछिल्लो समय एक सन्देश जारी गर्दै गाजामा अब भोकमरीका कारण धेरै मानिसहरुको मृत्यु हुने चेतावनी दिएको छ। 

‘भोकले गाजालाई नाश गरिरहेको छ, र यसले पट्टीभरि बच्चाहरू, गर्भवती र स्तनपान गराउने महिलाहरू र वृद्ध मानिसहरूमा सबैभन्दा तीव्र रूपमा रोग बढाउने सम्भावना छ,’ विश्व स्वास्थ्य संगठनले भनेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा ९३ प्रतिशत जनता अपर्याप्त भोजन तथा उच्चस्तरको कुपोषणका साथै भोकमरीको संकठको सामना गरिरहेका छन्। कम्तीमा ४ परिवारमध्ये एउटा परिवार ‘विनाशकारी परिस्थिति’को सामना गरिरहेको छ। 

‘भोजनको अत्यधिक कमी, भोकमरीको अनुभव गर्नु तथा साधारण भोजनको खर्च जोहो गर्न आफ्नो सम्पत्ति बेच्नुपर्ने जस्ता चरम उपायको साहरा लिनुपरिरहेको छ। भोकमरी, गरीबी र र मृत्यु स्पष्ट छ,’ विश्व स्वास्थ्य संगठनले भनेको छ। 

कुपोषणका कारण बालबालिकाहरुमा झाडापखाला, निमोनिया र दादुरा जस्ता रोगहरु देखिएका छन्। जसकारण बालबालिकाहरुको मृत्यु दर बढ्ने विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो
सम्बन्धित सामग्री
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति... बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट दिल्लीमा स्वाइन फ्लूका संक्रमितको संख्या लगातार बढिरहेको छ। दिल्लीमा एच१एन१ अर्थात् स्वाइन फ्लूका बिरामीको संख्या बढेर २ हजार ३०८ पु... बुधबार, भदौ १०, २०८३
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु भारतको तेलंगाना प्रदेशस्थित सूर्यापेटमा निजी ट्राभल बस र ट्रक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही यात्रु गम्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो बिहीबार, भदौ ११, २०८३
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्