काठमाडौं– राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रुपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वय हुनेगरी १६ औं योजना तर्जुमाको तयारी गरेको बताएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले १६औं योजना तर्जुमा मुलुकको वर्तमान अवस्थालाई नयाँ ड्राइभ दिनेगरी योजना छनोट र कार्यन्वयन लक्ष्य गरी तीन विषयलाई प्राथमिकतामा राखेर योजना बनाउन लागेको बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले १६ औं योजनामा आयोगले मुलुकलाई नयाँ ड्राइभ दिने, वर्तमान आवश्यक योजना छनोट र कायान्यनको लक्ष्य गरी तीन कुरालाई प्राथमिकतामा राखेको योजना तर्जुमा गर्न लागिएको बताए।
उनले १६ औं योजनामार्फत् मुलुकलाई नयाँ ड्राइभ दिनु आवश्यक रहेकाले मुलुकको सम्भवना र आवश्यकताका आधारमा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नयाँ ड्राइभ दिने लक्ष्य रहेको उल्लेख गरे। उनले निजी क्षेत्र र योजना आयोगले लिएको कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्यमा फरक रहेको बताए।
निजी क्षेत्रले सरकारले आफ्ना मागहरु पूरा गरिदियो भने सय खर्ब पुग्ने लक्ष्य महत्वकांक्षा लिएको तर योजना आयोगले व्यवहारिकतालाई हेरेर लक्ष्य हासिल गर्नेगरी ८० खर्बको प्रारम्भिक लक्ष्य राखेको उनले दाबी गरे। उनले १६ औं योजनामा मुख्य के–के गर्ने भन्ने तर्जुमा गर्न बाँकी रहेको बताए।
पाँच वर्षमा जलविद्युत्मा हुने लगानीबाट उत्पादन हुने विद्युत्, कृषि ,भौतिक पूर्वाधारमा भएका लगानीले अर्थतन्त्र ल्याउने वृद्धिलाई आकलन गरेर ८० खर्बको प्रभारम्भिक लक्ष्य दिएको उनले जानकारी दिए। उनले १६ औं योजना १४ र १५ औं योजनासँग तुलना योग्य नभएको बताए।
१४ औं योजना त्रिवर्षिय योजना भएकाले १४ औं योजनाले राखेको लक्ष्य पूरा गरेको उनको भनाइ छ। जुन ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल भएको जानकारी दिए। उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।