काठमाडौं– नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्।
रेड नोटिस जारी भएका अहमदलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा बालबालिकाई अश्लिल क्रियाकलाप गर्न लगाएर दु:ख हैरानी दिने गरेको उजुरी परेपछि साइबर ब्यूरोको टोलीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।
सो क्रममा उनी विदेश रहेको खुलेपछि नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत् रेड नोटिसका लागि आग्रह गरिएपछि रेड नोटिस जारी भएको थियो। त्यसपछि आज बुधबार दुबई प्रहरीले अहमदलाई पक्राउ गरेको हो।
नेपाल ल्याएर उनीमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।