काठमाडौं- दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा नवजात शिशु मृत भेटिएका छन्। बुधबार बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा ती शिशुको शव भेटिएको प्रहरीले जनाएको छ।
विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिलालाई पक्राउ गरी उपचारका लागि अस्पताल लगिएको छ।
महिलालाई उपचारका लागि केएमसी अस्पताल लागिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।