काठमाडौं– विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ।
बुधबार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो। राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको छ।
परिषद् बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा बिक्री वितरण समेत बन्देज गर्ने निर्णय पनि गरेको छ। बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्मान गर्नेसमेत निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।