काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री क्वाटर क्षेत्रमा आगलागी भएको छ। मन्त्री निवास बनाउन खटिएका मजदुरहरुको टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार मजुरहरुले खाना पकाउने क्रममा टहरामा आगलागी भएको थियो। ११ बजेतिर आगलागी सुरु भएकोमा केही बेरको प्रयासमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन्। आगलागीको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।