काठमाडौं– जिल्ला प्रहरी कार्यालयले एक महिनामा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ।
मंसिर १ गतेदेखि ३० गतेसम्म एक महिनाको अवधिमा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।
फरार रहेका ४४ जना अभियुक्तहरुमध्ये २९ जना पुरुष र १५ जना महिलालाई समेत पक्राउ गरेको छ।
पक्राउ परेकाहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस्तै अन्यत्र जिल्लामा मुद्दा दर्ता भई पोखरामा बसोवास गर्ने ११ (पुरुष ८ जना र महिला ३ जना) अभियुक्तहरुलाईसमेत पक्राउ गरी सम्बन्धित जिल्लामा अनुसन्धानको लागि पठाइएको छ।
पक्राउ परेकामध्ये कास्की जिल्लामा मुद्दा दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ४४ जना, अन्यत्र जिल्लामा मुद्दा दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ५ जना, सरकारी छाप दस्तखत कीर्ते (लिखत) मुद्दामा २ जना, ठगी मुद्दामा २ जना, आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा १ जना र साईबर अपराध मुद्दामा १ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।