काठमाडौं- बाजुराका पत्रकार प्रकाश सिंहले 'मानव अधिकार पुरस्कार- २०८०' पाएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन्।
पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानव अधिकार संरक्षणको योगदान पुर्याएको भन्दै ५० हजार राशिको पुरस्कार दिइएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपपबहादुर मगरले बताए। सिंहले सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेर मानवअधिकार पक्षमा वकालत पैरवी गरेको उनले बताए।
सिंह विगत एक दशकदेखि बाजुरालाई कार्यथलो बनाएर पत्रकारिता तथा समाज सेवामा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।