काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ। बिहान ११ बजे कारोबार सुरु भएको केही समयभित्रै २ पटक सर्किट लागिसकेको छ।
कारोबार सुरु भएको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि सर्किट लगाएर रोक्ने काम भएको थियो। २० मिनेट पछि पुन: कारोबार खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत वृद्धि भएपछि दोस्रोपटक सर्किट लागेको हो।
दोस्रो सर्किट लाग्दै गर्दा शेयर बजार ९२. ७ अङ्कले छलाङ हान्दै नेप्से १९४५ विन्दुमा कायम छ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार संशोधन गरेपछि बजारमा सकारात्मक तरंग पैदा भएको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।