जाकर्ता- इन्डोनेसियाली सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चीन लगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ। पर्यटन मन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गरा हुन्।
‘फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ,’ युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा भने।
आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन्। इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटक भित्र्याउने गर्ने लक्ष्य राखेको छ। यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्न सक्ने अपेक्षा गरिएको छ।
‘आशा छ, हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ। विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ,’ युनोले भने।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।