काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका ६ जनाको संसदीय सुनुवाइ मंसिर २७ गतेबाट सुरु हुने भएको छ।
संसदीय सुनुवाइअन्तर्गत मंसिर २७ गते उजुरीमा छलफल हुनेछ। यस्तै, २८ उजुरिकर्तासँग छलफल र २९ गते प्रस्तावित न्यायाधीशसँग छलफल गरी अनुमोदनबारे निर्णय गर्ने सुनुवाइ समितिको कार्यतालिका छ।
मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।
समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान गरेको थियो। हालसम्म समितिमा १० वटा उजुरी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।