काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औं वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपित पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा कदरपत्र वितरण एवं नव निर्मित अनुसन्धान भवनहरुको उद्घाटन गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नास्ट बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन र नास्ट प्रविधि भवनको उद्घाटन गरे। प्रविधि विकास भवनबाट प्रविधि विकास र हस्तान्तरणमा सहज हुने, प्रयोगशालाको विकास हुने वातावरण निर्माण गर्न टेवा पुग्ने विश्वास राखिएको छ भने बायोमेडिकल रिसर्च ल्याबोरोटरी नेपालका आयुर्वेदिक गुण भएका र औषधि विकास गर्न आवश्यक पर्ने परीक्षणहरु गर्नमा टेवा पुग्नेछ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न व्यक्ति तथा संघ-संस्थालाई पुरस्कार वितरणका साथै कदरपत्र प्रदान गरेका छन्।
पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कृत व्यक्तिहरुलाई बधाई दिएका छन्। उनले जनताको अपेक्षा नास्टप्रति बढिरहेको भन्दै यहाँ सञ्चालन हुने कार्यक्रमहरुको स्तरीयताको बारेमा प्रकाश पारेका थिए।
प्रधानमन्त्री प्रचण्डले यहाँ नवनिर्मित भवनहरुमा उपकरण र साधन नभएकोले प्रतिष्ठानको सक्रीयतामा नेपाल सरकार र बाह्य सहयोगमार्फत देशले अनुभूत गर्ने कार्य हुने अपेक्षा राखेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।