काठमाडौं- कवाडी पसलमा आगलागी हुँदा विराटनगरमा दुई जनाको मृत्यु भएको छ। आगलागीमा परी चार जना घाइते भएका छन्।
विराटनगर महानगरपालिका-७ सातघुम्तीस्थित कवाडी पसलमा बुधबार दिउँसो पौने ३ बजे अचानक आगलागी हुँदा मोरङ विराटनगर महानगरपालिका-६ बस्ने ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेको एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
आगलागीमा परी विराटनगर- ६ बस्ने ६५ वर्षीया सुशीला पासवान, सोही स्थानकी ६० वर्षीया रीता सरदार, वर्ष ५८ का किशोर पासवान र मोरङ कटहरी नगरपालिका-६ बस्ने ३० वर्षीया पिंकी कामत घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र दुई जनाको सामान्य रहेको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।