सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताएका छन्। बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताए।
उनले खेलले पर्यटन समेत पर्वद्धन हुने बताए। सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविश्य रहने उल्लेख गरे। आफू पनि खेलाडी रहेको भन्दै उनले जिल्लामा खेलाडी उत्पादन गर्न आफू सदैव साथ रहेको बताए।
क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै उनले अन्य खेल र खेलाडीलाई पनि आआफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने धारणा राखे। उनले राम्रा खेलाडीले विभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै खेलाडीको पनि विकास हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।