काठमाडौं– बलिउडका चर्चित अभिनेता मनोज बाजपेयी फिल्म ‘जोरम’को हिस्सा बन्न पाउँदा निकै खुसी छन्।
सर्वाइभल थ्रिलर फिल्म जोरम डिसेम्बर ८ मा रिलिज हुँदैछ। देवाशिष माखिजा द्वारा निर्देशित, जोरम एक व्यक्तिको कथा हो, जो आफ्नी छोरी बचाउन भागिरहेको छ। सामाजिक असमानता, जनजाति समुदायमाथिको अन्याय जस्ता विषयलाई फिल्ममा समेटिएको छ।
फिल्मको प्रमोशनका लागि पटना पुगेका मनोजले फिल्म ‘जोरम’को हिस्सा बन्न पाउँदा निकै खुसी लागेको बताए। उनले भने, ‘जोराम फिल्म जंगलमा बस्ने आदिवासीको कथा हो, यो एउटा परिवारको कथा हो। जोराम हामी सबैको कथा हो जो प्रणालीको शिकार भएका छौँ।’
देवाशिष माखिजा द्वारा निर्देशित फिल्मलाई शारिक पटेल, आशिमा अवस्थी चौधरी, अनुपमा बोस र देवाशिष माखिजाले निर्माण गरेका छन्। 'जोरम' मा मनोज बाजपेयीका साथ जीशान अयुब, पियुष पुट्टी मुख्य भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।