• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन ठाउँमा कति? 
64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, असार ३१, २०८०  ०७:४३
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ। महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरिएको हो। उक्त विधेयकमा व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको दश वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्थासमेत राखिएको छ। 

तर, पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्नुका साथै सम्पत्ति करसहितका सम्बन्धित अन्य कर असुल गर्ने जनाएको छ। 

सवारी साधन पार्किङ शुल्कसम्बन्धी महानगरको नीति के छ? 
महानगरको आर्थिक विधेयक २०८० को दफा १२ मा सवारी साधनमा पार्किङ शुल्क लगाउने कुरा उल्लेख गरेको छ। महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने विधेयकमा उल्लेख छ।

सोही दफाको उपदफा (१) मा यो ऐन जारी भएका बखत काठमाडौं महानगरपालिका आफैंले आफ्नो क्षेत्रभित्र निश्चित अवधि तोकी दिइएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत अनुसूची–११ बमोजिम सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिने उल्लेख छ। विधेयकमा आवासीय वा व्यवसायिक भवनहरुमा रहे/भएका व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेधसमेत गरिएको छ। तर, संभावित क्षेत्रहरु पहिचान गरी फुटपाथबाहेक सवारी आवागमनमा अवरोध नहुनेगरी नगर कार्यपालिकाले मापदण्ड तोकी पार्किङ सुविधा उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ। 

यस्तो छ पार्किङ शुल्कको दररेट
महानगरपालिकाले क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक–फरक हुनेगरी, कुनै पनि सडकको कूल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरेको छ।

sawari shulka1689067634.png

क्षेत्र नम्बर १: न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म) को काठमाडौं मध्यभागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु. १५ र प्रतिघण्टा रु.२५, चार पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० का दरले शुल्क निर्धारण गरेको छ।

क्षेत्र नम्बर २:  क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानहरुबाहेकका महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि प्रतिघण्टा रु १५ र चार पाङग्रेका लागि प्रति घण्टा रु ४०, चार पाङग्रेभन्दा बढीका लागि रु १०० तोकिएको छ।

Ncell 2
Ncell 2

निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरपालिकाबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्नसक्ने समेत महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ।

पाँच वर्षसम्म व्यवसायिक कर छुट
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म शत प्रतिशत छुट प्रदान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख गरिएको छ।

महानगरपालिकाले आफैं वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने नीतिसमेत अंगालेको छ।

निजी क्षेत्रका पार्किङलाई प्रोत्साहन 
महानगरपालिकाले निजी क्षेत्रबाट निर्माण गर्ने पार्किङलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्ने व्यवस्था गरिएको छ। अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङमा भने शुल्क लाग्ने छैन। 

आर्थिक ऐन २०८० अनुसूची ११ (ख) महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा सञ्चालित सवारी साधन पार्किङमासमेत दर रेट तोकिएको छ। जसमध्ये दुईपाङ्ग्रे सवारी साधनको हकमा पहिलो आधा घण्टासम्मको लागि रु. १५, पहिलो एक घण्टासम्मको लागि रु. २५, एक घण्टा भन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप रु. ५, चारपांग्रे सवारी साधनको हकमा आधा घण्टासम्मको लागि रु. ४०, पहिलो एक घण्टासम्मको लागि रु. ७५ र एक घण्टाभन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप १५ रुपैयाँ तोकेको छ।

महानगरपालिकाले नक्सापास गर्दा भूमिगत पार्किङ क्षेत्र उल्लेख गरेको व्यवसायिक प्रयोजन रहेको भवनलाई पार्किङ अनिवार्य गर्नका लागि सहजीकरण गर्ने निती लिएको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
काठमाडौं महानगरको बजेट आइतबार आउने मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए । शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। शुक्रबार, असार २७, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता बढी भएको बेलाम... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार, असार २७, २०८२
एनपीएल रोक्न मेरो कुनै संलग्नता छैन, नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुन्छ : मन्त्री चौधरी शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्