काठमाडौं। त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ।
सडक खुलाएर आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित सडक खुलाउने काम अघि बढाइएको छ।
सडक भासिएको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी ब्याक कटिङमार्फत अवरोध हटाउने काम भइरहेको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी र कान्ति राजमार्गको अवरोध हटाइएको छ। अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।