• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज १७, २०८०  १९:००
1140x725
तस्बिर : रासस

काठमाडौं– नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न मानिरहेको छैन। द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन अनि सन्धी-सम्झौतालगायत विषयमा सिफारिस गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा ईपीजी गठन भएको थियो।

ईपीजीले ९ वटा बैठक बसेर सन् १९५० को नेपाल भारत सन्धी परिमार्जनलगायतका महत्वपूर्ण बुँदामा सहमति जुटाएर प्रतिवेदन तयार पारेको थियो। तर पाँच वर्ष बित्दा पनि ईपीजीले तयार पारेको संयुक्त प्रतिवेदन बुझ्न भारतीय पक्षले एक आनाकानी गर्दै आएको छ।

नेपाल–भारत सीमा व्यवस्थापन नीति संवाद प्रतिवेदनका प्रस्तुत गर्दै सीमा विज्ञ एवम् पूर्व नापी विभाग प्रमुख तोयानाथ बरालले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न नमानेको बताए। 

चुच्चे नक्शा प्रकाशनपछि पन्छियो भारत
ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत क्षेत्रहरूलाई समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक गरेपछि भारतले नक्शा बुझ्न नमानेको विज्ञहरूको आरोप छ। सीमा विज्ञ बरालले भने, ‘नेपाल-भारत सीमाका विषयमा चार वर्षदेखि नियमन हुन सकिरहेको छैन। सीमाको विषय संवेदनशील विषय हो। जहाँ पायो त्यहि बोल्न पनि हुँदैन। यो विषयमा कुटनीति पक्षबाट हल गरिनुपर्छ।’

२५ सय सीमा स्तम्भ बनाउन बाँकी
सन् १८१६ मार्च ४ को सुगौली सन्धीको आधारमा कायम गरेको सिमाना सन् १८१६ डिसेम्बर ८ को पूरक सन्धीका आधारमा कायम गरिएको थियो। सन् १८६० नोभम्बर १ को सम्झौताका आधारमा कायम गरिएको सिमाना सन् १८७५ जनवरी ७ को आधारमा कायम गरिएको थियो। सन् १९८१ मा नेपाल–भारत संयुक्त प्राविधिक समिति गठन भएदेखि २००७ सम्म हेर्दा सुस्ता र कालापानी क्षेत्रबाहेक नेपाल-भारत सीमा क्षेत्रको १८२ सिट स्ट्रिप नक्शा तयार भएको सीमा विज्ञ बरालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। 

कुल ८५५३ सीमा स्तम्भमध्ये ६ हजार स्तम्भ निर्माण भएको भए पनि करिब २५ सय सीमा स्तम्भ बनाउन बाँकी रहेको छ।

सन् २०२० मा नेपालले नयाँ नक्शा प्रकाशित गरेपछि  सीमा नियमनको कार्य स्थगित हुँदै आएको छ। नेपालका ६ प्रदेशका २७ वटा जिल्लाहरू र भारतका ५ प्रदेशका २० जिल्लाहरू नेपाल–भारत अन्तराष्ट्रिय सीमानामा जोडिएका छन्। उक्त सिमानाको विषयमा परराष्ट्र मन्त्रालयको प्रत्यक्ष निगरानीमा नेपाल-भारत सीमासम्बन्धी काम हुँदै आएको थियो। 

दुई देशका सीमा विज्ञहरूले निकालेको प्रतिवेदनमा के छ? 
वि.स. २०७१ असोज(१–३) मा काठमाडौंमा सम्पन्न नेपाल–भारत सीमा विज्ञहरूको बैठकले बिग्रे-भत्केका सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने र हराएका सीमा स्तम्भरको पुर्नस्थापना गर्ने निर्णय गरेको थियो। त्यसैगरी स्ट्रिप नक्शाअनुसार बाँकी स्तम्भहरू रुजु गर्नुका साथै तिनको मर्मत सम्भार गर्ने, दोहोरो सीमा विज्ञहरूको संयुक्त लागतमा तयार गर्ने र समस्या समाधानका लागि मोडालिटी तयार गर्ने,आवश्यकता अनुसार सबै सीमा स्तम्भहरूको जिपीएस अनुगमन गर्ने, तिनको नक्शांकन गर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सीमासम्बन्धी बाँकी रहेका सुस्ता र कालापानी क्षेत्रसहितका सन्दर्भमा मागिएको बखतमा परराष्ट्रसचिव स्तरीय प्राविधिक जानकारी जुटाउने, सीमा प्रोटोकल तयार गर्ने, आ-आफ्नो सरकारको उपल्लो निकायमा प्रतिवेदन पेस गर्ने, दुई देशका सरकारले निर्देश गरेका अन्य कार्यहरू गर्ने लगायतका विषयमा निर्णय भएको थियो।

नेपाल भारत सीमालाई दुरुस्त राख्ने कार्यको थालनी वि.स. २०७४/०७५ माघ महिनामा फिल्ड कार्य सम्पन्न भएको थियो। 

जसबाट जम्मा सीमा स्तम्भ ८ हजार ५५३ मध्ये ६ हजार ८२ स्तम्भहरूको निरीक्षण गरिएको थियो। ७१३ नयाँ स्तम्भहरू तयार गरिएको र १५ सय ४७ सीमा स्तम्भहरू  मर्मत गरिएको थियो।

कालापानी लिपुलेकसहित जारी गरेको चुच्चे नक्शाको विषयमा सरकारले ९ जना विज्ञ टोली गठन गरेको र उक्त टोलीले ४ सय पेजको प्रतिवेदन तयार गरी तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको भए पनि सरकारले उक्त प्रतिवेदन समेत सार्वजनिक नगरेको विज्ञ बरालले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ विज्ञहरूको सुझाव 
सीमा समस्या समाधानका लागि नापी विभागका पूर्वप्रमुख बरालले २६ नाकामा सीमा नियमन गर्नुपर्ने सुझाव दिए। त्यस्तै नेपाल-भारत संयुक्त सीमा समितिले तयार गरेको १८२ थान नक्शालाई आधिकारिक मान्यता दिनुपर्ने, स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीलाई नक्शा उपलब्ध गराइ सीमा नियमनमा संलग्न गराउनुपर्ने बताए। उनले सुस्ता क्षेत्र र कालापानी क्षेत्रको विषयमा सुगौली सन्धीका आधारमा विवाद समाधान गर्नु पर्नेमा जोड दिए। 

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख एवम् ईपीजी सदस्य सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतले  २०७३ सालमा दिएको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए। 

भारतले ईपीजी प्रतिवेदन नबुझ्नुमा ,‘ईपीजी प्रतिवेदनमा खुला सिमाना नियमनको विषय समावेश गरिएको छ। अनियन्त्रित आवतजावत र अनिश्चित बसाइँको नियन्त्रण लगायत विषयवस्तु समेटिएको छ। दुई देशका विज्ञहरूको समूहले त्यसलाई स्वीकार गरेको भए पनि भारतीय सरकारले त्यसलाई बुझ्न मानिरहेको छैन।’ उपाध्यायले नेपालको तर्फबाट संसदीय समितिले सरकारलाई ईपीजी प्रतिवेदन बुझ्न निर्देशन दिनुपर्ने, श्रम कानुनको व्यवस्था अनुसार संगठित र असंगठित क्षेत्रलाई प्रभावकारी रुपमा श्रम स्वीकृत लागू गर्नुपर्ने सुझाव दिए। 

राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले सीमा सुरक्षाको विषय आम चासोको विषय भएको बताउँदै मुख्य राजनीतिक दलहरूका प्रमुखहरूसँगको छलफलपछि परराष्ट्रमन्त्रालयलाई आवश्यक निर्देशन दिने बताइन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच भएको छलफलमा सौर्... बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्