complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज १७, २०८०  १९:००
1140x725
तस्बिर : रासस

काठमाडौं– नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न मानिरहेको छैन। द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन अनि सन्धी-सम्झौतालगायत विषयमा सिफारिस गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा ईपीजी गठन भएको थियो।

ईपीजीले ९ वटा बैठक बसेर सन् १९५० को नेपाल भारत सन्धी परिमार्जनलगायतका महत्वपूर्ण बुँदामा सहमति जुटाएर प्रतिवेदन तयार पारेको थियो। तर पाँच वर्ष बित्दा पनि ईपीजीले तयार पारेको संयुक्त प्रतिवेदन बुझ्न भारतीय पक्षले एक आनाकानी गर्दै आएको छ।

नेपाल–भारत सीमा व्यवस्थापन नीति संवाद प्रतिवेदनका प्रस्तुत गर्दै सीमा विज्ञ एवम् पूर्व नापी विभाग प्रमुख तोयानाथ बरालले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न नमानेको बताए। 

चुच्चे नक्शा प्रकाशनपछि पन्छियो भारत
ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत क्षेत्रहरूलाई समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक गरेपछि भारतले नक्शा बुझ्न नमानेको विज्ञहरूको आरोप छ। सीमा विज्ञ बरालले भने, ‘नेपाल-भारत सीमाका विषयमा चार वर्षदेखि नियमन हुन सकिरहेको छैन। सीमाको विषय संवेदनशील विषय हो। जहाँ पायो त्यहि बोल्न पनि हुँदैन। यो विषयमा कुटनीति पक्षबाट हल गरिनुपर्छ।’

२५ सय सीमा स्तम्भ बनाउन बाँकी
सन् १८१६ मार्च ४ को सुगौली सन्धीको आधारमा कायम गरेको सिमाना सन् १८१६ डिसेम्बर ८ को पूरक सन्धीका आधारमा कायम गरिएको थियो। सन् १८६० नोभम्बर १ को सम्झौताका आधारमा कायम गरिएको सिमाना सन् १८७५ जनवरी ७ को आधारमा कायम गरिएको थियो। सन् १९८१ मा नेपाल–भारत संयुक्त प्राविधिक समिति गठन भएदेखि २००७ सम्म हेर्दा सुस्ता र कालापानी क्षेत्रबाहेक नेपाल-भारत सीमा क्षेत्रको १८२ सिट स्ट्रिप नक्शा तयार भएको सीमा विज्ञ बरालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। 

कुल ८५५३ सीमा स्तम्भमध्ये ६ हजार स्तम्भ निर्माण भएको भए पनि करिब २५ सय सीमा स्तम्भ बनाउन बाँकी रहेको छ।

सन् २०२० मा नेपालले नयाँ नक्शा प्रकाशित गरेपछि  सीमा नियमनको कार्य स्थगित हुँदै आएको छ। नेपालका ६ प्रदेशका २७ वटा जिल्लाहरू र भारतका ५ प्रदेशका २० जिल्लाहरू नेपाल–भारत अन्तराष्ट्रिय सीमानामा जोडिएका छन्। उक्त सिमानाको विषयमा परराष्ट्र मन्त्रालयको प्रत्यक्ष निगरानीमा नेपाल-भारत सीमासम्बन्धी काम हुँदै आएको थियो। 

दुई देशका सीमा विज्ञहरूले निकालेको प्रतिवेदनमा के छ? 
वि.स. २०७१ असोज(१–३) मा काठमाडौंमा सम्पन्न नेपाल–भारत सीमा विज्ञहरूको बैठकले बिग्रे-भत्केका सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने र हराएका सीमा स्तम्भरको पुर्नस्थापना गर्ने निर्णय गरेको थियो। त्यसैगरी स्ट्रिप नक्शाअनुसार बाँकी स्तम्भहरू रुजु गर्नुका साथै तिनको मर्मत सम्भार गर्ने, दोहोरो सीमा विज्ञहरूको संयुक्त लागतमा तयार गर्ने र समस्या समाधानका लागि मोडालिटी तयार गर्ने,आवश्यकता अनुसार सबै सीमा स्तम्भहरूको जिपीएस अनुगमन गर्ने, तिनको नक्शांकन गर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सीमासम्बन्धी बाँकी रहेका सुस्ता र कालापानी क्षेत्रसहितका सन्दर्भमा मागिएको बखतमा परराष्ट्रसचिव स्तरीय प्राविधिक जानकारी जुटाउने, सीमा प्रोटोकल तयार गर्ने, आ-आफ्नो सरकारको उपल्लो निकायमा प्रतिवेदन पेस गर्ने, दुई देशका सरकारले निर्देश गरेका अन्य कार्यहरू गर्ने लगायतका विषयमा निर्णय भएको थियो।

नेपाल भारत सीमालाई दुरुस्त राख्ने कार्यको थालनी वि.स. २०७४/०७५ माघ महिनामा फिल्ड कार्य सम्पन्न भएको थियो। 

जसबाट जम्मा सीमा स्तम्भ ८ हजार ५५३ मध्ये ६ हजार ८२ स्तम्भहरूको निरीक्षण गरिएको थियो। ७१३ नयाँ स्तम्भहरू तयार गरिएको र १५ सय ४७ सीमा स्तम्भहरू  मर्मत गरिएको थियो।

कालापानी लिपुलेकसहित जारी गरेको चुच्चे नक्शाको विषयमा सरकारले ९ जना विज्ञ टोली गठन गरेको र उक्त टोलीले ४ सय पेजको प्रतिवेदन तयार गरी तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको भए पनि सरकारले उक्त प्रतिवेदन समेत सार्वजनिक नगरेको विज्ञ बरालले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ विज्ञहरूको सुझाव 
सीमा समस्या समाधानका लागि नापी विभागका पूर्वप्रमुख बरालले २६ नाकामा सीमा नियमन गर्नुपर्ने सुझाव दिए। त्यस्तै नेपाल-भारत संयुक्त सीमा समितिले तयार गरेको १८२ थान नक्शालाई आधिकारिक मान्यता दिनुपर्ने, स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीलाई नक्शा उपलब्ध गराइ सीमा नियमनमा संलग्न गराउनुपर्ने बताए। उनले सुस्ता क्षेत्र र कालापानी क्षेत्रको विषयमा सुगौली सन्धीका आधारमा विवाद समाधान गर्नु पर्नेमा जोड दिए। 

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख एवम् ईपीजी सदस्य सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतले  २०७३ सालमा दिएको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए। 

भारतले ईपीजी प्रतिवेदन नबुझ्नुमा ,‘ईपीजी प्रतिवेदनमा खुला सिमाना नियमनको विषय समावेश गरिएको छ। अनियन्त्रित आवतजावत र अनिश्चित बसाइँको नियन्त्रण लगायत विषयवस्तु समेटिएको छ। दुई देशका विज्ञहरूको समूहले त्यसलाई स्वीकार गरेको भए पनि भारतीय सरकारले त्यसलाई बुझ्न मानिरहेको छैन।’ उपाध्यायले नेपालको तर्फबाट संसदीय समितिले सरकारलाई ईपीजी प्रतिवेदन बुझ्न निर्देशन दिनुपर्ने, श्रम कानुनको व्यवस्था अनुसार संगठित र असंगठित क्षेत्रलाई प्रभावकारी रुपमा श्रम स्वीकृत लागू गर्नुपर्ने सुझाव दिए। 

राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले सीमा सुरक्षाको विषय आम चासोको विषय भएको बताउँदै मुख्य राजनीतिक दलहरूका प्रमुखहरूसँगको छलफलपछि परराष्ट्रमन्त्रालयलाई आवश्यक निर्देशन दिने बताइन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्