• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, असोज १५, २०८०  १८:१०
1140x725

काठमाडौं– सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारको सेवा प्रवाहलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। ९ मन्त्रीसहित नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी कांग्रेस सरकारको कामप्रति सन्तुष्ट हुन सकिरहेको छैन।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत सरकारको सुशासनका विषयमा चर्चा भयो। सार्वजनिक कार्यक्रममा पनि कांग्रेसका जिम्मेवार सांसदहरूले सरकारको आलोचना गरिरहेका छन्। आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको संकल्प अभियानमा समेत सरकारको कामकाज र सुशासनबारे आलोचना भएको थियो। रुपान्तरण अभियानमा भ्रष्टाचार बेथिति मौलाएको भन्दै सरकारको चर्काे आलोचना भएको छ। 

बैठकलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलले सरकारले भ्रष्टाचार र महँगी नियन्त्रण गर्न नसकेको बताए। आर्थिक संकट बढ्दै गइरहेकोमा अर्थतन्त्र लयमा फर्काउनेगरी सरकारले काम गर्न नसकेको आरोप उनले लगाए। ‘सरकार चालू खर्च पनि धान्न नसक्ने अवस्थाका पुगेको छ। महँगी बढिरहेको छ। हामी ०८४ को चुनावलाई हेरेर बसेका हौं भने सत्ता छोडौं,’ उनले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउनका लागि हामी सत्तामा गइराख्न पर्दैन।’

यद्यपि,अहिले अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता प्रकाशशरण महतले सम्हालिरहेका छन्।

सांसद पौडेलले कांग्रेसको घोषणापत्रमा १२ लाखलाई रोजगारी दिने उल्लेख भएको स्मरण गर्दै आफूहरू सरकारमा गएको ८ महिनामा के उपलब्धि भयो भनेर प्रश्न गरे। सरकारको समीक्षा हुनुपर्नेमा उनले जोड दिए। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले भने, ‘प्रचण्डजीको नेतृत्वको सरकारलाई भ्रष्टाचार रोक्न केले रोकेको छ? सरकार भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्नुपर्छ।’ पार्टीभित्र संस्थापन पक्षले भ्रष्टाचारको पक्षपोषण गरेको इंगित गर्दै उनले प्रक्रियामा गएर दबाब सिर्जना गर्न खोज्दा समेत आफूहरू असफल भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वमन्त्री एवम् सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले सुशासन दिन नसकेको टिप्पणी गरे। उनले भने, ‘प्रचण्डजीले प्राविधिक रुपमा सरकारको नेतृत्व गरेको भए पनि त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ। सरकारमा बहुमत कांग्रेसका मन्त्रीहरू छन्। सरकार गठबन्धनका कारण समस्यामा आएको छ। सरकारसँग आम नागरिकहरू सन्तुष्ट हुन सकिरहेका छैनन्।’ उनले सरकारलाई जवाफदेही बनाउन कांग्रेस नेतृत्वले निर्देशित गर्नुपर्नेमा जोड दिए। मन्त्रीहरू फेरबदल हुनसक्ने बताउँदे उनले सुशासनमा सन्दर्भमा भने सरकार गम्भीर बन्नुपर्ने बताए। 

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर बाहिरबाट सहयोग गर्नुपर्ने बताए। उनले संयुक्त गठबन्धनको सरकारमा समाजवादी मोर्चा बनेकाले साढे दुई वर्ष मोर्चालाई सरकारको नेतृत्व गर्न दिनुपर्ने बताए। 

महामन्त्री थापाले भने,‘माओवादी, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । म प्रस्ताव गर्न चाहन्छु, अढाई वर्ष सरकार चलाउन समाजवादीलाई दिऊँ । प्रचण्डजी पहिला, त्यसपछि माधवजी बन्ने कुरा छ । कांग्रेसका मन्त्रीहरू सबै फिर्ता गरौं। हामीले फ्लोरबाट समर्थन गरौँ।’ थापाले बाँकी अढाई वर्ष कांग्रेस एक्लैले सरकार चलाउनुपर्ने र एक्लै जस र अपजस दुवै लिने बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि असोज ८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कानुनमन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचार काण्डका फाइल अघि बढाउँदा शीर्ष नेताहरू सिंहदरबारमा बसेर रोक्न लागि परेको भन्दै आक्रोश व्यक्त गरेका थिए। मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थी र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणलगायत भ्रष्टाचार काण्डको फाइल खोलेर सरकार अघि बढ्न खोज्दा पार्टी नेतृत्वबाट दबाब आएको भन्दै आक्रोश पोखेका थिए।

यता कांग्रेसले भने नेताहरूले व्यक्तिगत मत राखे पनि कांग्रेसको नीति त्यस्तो नभएको बताएको छ। तत्काल गठबन्धन तोड्ने पक्षमा कांग्रेस देखिन्न। कांग्रेस प्रवक्ता मीन विश्वकर्माले अहिले सरकारले गरेका नराम्रा कामको अपजस पनि कांग्रेसले लिनुपरेकाले महामन्त्री थापाले त्यस्तो अभिव्यक्ति दिएको प्रष्ट्याए। नेपाल लाइभसँग कुरा गर्दै प्रवक्ता विश्वकर्माले भने, ‘महामन्त्रीले कांग्रेसका मन्त्रीहरू बोलाउने भनेर निष्कर्ष सुनाउनु भएको होइन। अहिले सरकार गठबन्धनको भएका कारण सरकारको अपजस जति कांग्रेसले भोग्नुपर्ने, जस जति प्रधानमन्त्रीले लिने वा अरु मन्त्रीहरूले लिने भएकाले उक्त अभिव्यक्ति दिनुभएको हो।’ यस्तो अलमलमा बस्नुभन्दा एकलौटी सरकार चलाउन दिनुपर्ने र अढाई वर्ष कांग्रेसले सरकारले चलाउनुपर्ने मत महामन्त्री थापाले दिएको उनको भनाइ छ। ‘हाम्रा पालामा हामी पनि एकलौटी चलाऊँ भनेर राजनीति मन्तव्य राख्नु भएको हो। पार्टीको प्रस्ताव पनि होइन। नीति पनि होइन। निष्कर्ष पनि होइन।’

गठबन्धन सरकारका विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकदेखि तल्लो तहसम्म प्रश्न उठेको बताउँदै प्रवक्ता विश्वकर्माले सरकारलाई सुधारका लागि खबरदारी गरेको बताए। ‘प्रश्न उठ्ने भनेको गठबन्धन टुट्ने गरी होइन, सरकारका काम कारबाही सुधार गर्नका निम्ति हामीले खबरदारी गरेको हो,’उनले भने। सरकारलाई सुधारका लागि पार्टीले ध्यानाकर्षण गराएको, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिन लगाएको पनि उनले बताए।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्