काठमाडौं। ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई विमानबाटै हिरासतमा लिइएको छ।
युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित उनको घरबाट हिरासतमा लिइएको छ। भारत जन्तरमन्तरमा आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर रोक्नुपर्ने माग गर्दै जन्तरमन्तरमा प्रदर्शन आयोजना गरिएको थियो।
प्रहरीले राजधानीका विभिन्न स्थानबाट सीजेपीका अन्य ६०० समर्थकलाई समेत हिरासतमा लिएको छ। विभिन्न क्षेत्रबाट जन्तरमन्तरतर्फ जान खोजिरहेका पार्टीका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।
प्रदर्शनकारीका सवारीसाधन रोक्न सडकमा किला बिछ्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा व्यवस्थाअन्तर्गत ४५ वटा मेट्रो स्टेसन बन्द गरिएको र नयाँ दिल्ली तथा हजरत निजामुद्दिन आउने २५० मेल–एक्सप्रेस रेल शनिबारका लागि रद्द गरिएको छ।
त्यसैगरी, इन्डिया गेट वरपर चार किलोमिटरको क्षेत्रमा शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म इन्टरनेट सेवा बन्द रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।