• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२८ महिनादेखि आन्दोलनरत मिटरब्याजपीडितका समस्या ज्यूँका त्यूँ, कहिले होला समाधान ?

64x64
कल्पना घिमिरे शुक्रबार, वैशाख ८, २०८०  १०:५९
1140x725

काठमाडौं– शान्तिपूर्ण आन्दोलन गर्न शान्तिबाटिकाबाट बाहिर नस्किएको मिटरब्याज पीडितहरुको समूह र प्रहरीबीच सोमबार झडप भयो। झडपमा प्रहरीको लाठी प्रहारबाट केही मिटरब्याज पीडितहरु घाइते भए। 

कोहीको हात भाँचियो त कतिलाई अन्य चोटपटक लागेको थियो। ठूलो चोटपटक लाग्दासमेत समयमा उपचार पाउन नसकेर पीडा भोग्नुपरेको मिटरब्याज पीडितको गुनासो छ। उनीहरुका अनुसार प्रहरीले घाइते बनाएका व्यक्तिहरुको उपचार भोलिपल्ट मंगलबार बिहान मात्रै सुरु गरिएको थियो।

त्यसै बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पीडितलाई भेट्न शान्तिबाटिका पुगे। गृहमन्त्री श्रेष्ठले झडपबारे आफूलाई जानकारी नभएको बताएपछि पीडितहरुले केहीबेरमै शान्तिपूर्ण प्रदर्शन गरे। 

मिटरब्याज ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिका प्रवक्ता नवीन निर्गले आफूहरुको माग सम्बोधन नगर्ने गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गरेको बताए।

यस्तै उक्त समितिका अध्यक्ष अवदेश कुशहवाले सोमबारको उक्त घटना गृहकै आदेशमा भएकाले सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालयले लिनुपर्ने बताए।

सरकारले वार्ता टोली बनाएर निरन्तर छलफल हुँदा गृहमन्त्रीले भेटेर यो गर्छु, त्यो गर्छु भनेर आश्वासन मात्र देखाएको उनको गुनासो छ। वार्तामा पनि सरकारले पीडितको पक्षमा निष्कर्ष निकाल्न नसकेको उनले बताए।

उक्त घटना छानबिनका लागि मंगलबार सहायक सीडीओको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

मिटरब्याज पीडितको यो टोली गत चैत २० गते काठमाडौं आइपुगेको थियो। त्यही दिनदेखि पीडितहरु निरन्तर आन्दोलनमा छन्। उनीहरुले कहिले सिंहदरबार, कहिले बालुवाटार त कहिले माइतीघरमा प्रदर्शन गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि मनोज पासवान संयोजक रहेको मिटरब्याज संघर्ष समितिको अर्को टोली बर्दिबासदेखि लगातार ११ दिन हिँडेर चैत १२ गते काठमाडौं आइपुगेको थियो। उनीहरु गत असोजमा भएको ५ बुँदे सम्झौतामा आयोग गठन गर्ने सहमति गरेर एक साताको आन्दोलन स्थगन गरी फर्किए।

यति मात्र होइन, देशैभरका मिटरब्याज पीडितहरु विगत २८ महिनादेखि मिटरब्याजीविरुद्ध आन्दोलित छन्। पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन्। यसअघि गत असारमा काठमाडौं आएर पीडितहरूले न्याय मागेका थिए। उनीहरू त्यतिबेला १४ दिनसम्म माइतीघरमा धर्ना बसेर फर्किएका थिए।

केही दिनमा फेरि दोस्रो पटक साउनमा न्यायको माग गर्दै काठमाडौं आएका मिटरब्याजपीडित र प्रहरीबीच कीर्तिपुरमा झडपसमेत भएको थियो। त्यतिबेला ४१ दिनपछि ५ बुँदे सम्झौतामा सहमति गरी कार्यदल समेत गठन गरेपछि असोज १ गते उनीहरु फर्किएका थिए।

पीडितका समस्या एउटै, संगठन किन फरक?
मिटरब्याज पीडितका समस्या एउटै हुन्। सबै पीडितले सुदखोर (महाजन) सँग चर्को ब्याजमा आफ्ना जमिन दृष्टिबन्धक राखेर ऋण लिएका छन्। दिएकोभन्दा दोब्बर–तेब्बर पैसा असुलेर पनि ऋण चुक्ता नगरिदिने मिटरब्याजी सबै एउटै किसिमका छन्। जसले चर्को ब्याजमा ऋण असुलेर पनि पीडितका जमिन फिर्ता गरेका छैनन्। तर पीडितको नेतृत्व गरिरहेका अभियन्ताहरु आफ्नै छुट्टै संगठन बनाएर पीडितलाई लिएर फरकफरक समयमा आन्दोलन गर्न आउने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘१० वटै संगठनले नै किन नल्याओस्, यो मुख्य कुरा होइन। राज्यले मिटरब्याज पीडितका समस्या समधान गर्नु मुख्य कुरा हो। सरकारले त्यो समस्या समाधानका लागि पहल गर्नुपर्छ,’ मिटरब्याजपीडित संघर्ष समितिका सदस्य संघर्ष दाहालले भने।

साथै, अर्को समूहसँग समन्वय हुन नसक्दा दुई समूह बनेको उनले बताए। दुई समूह एउटै समस्या समाधानको माग गर्न फरकफरक समयमा आन्दोलन गर्न आउनु परेको उनको भनाइ छ।

‘उहाँहरुसँग कुनै संवाद भएन। हामी कुनै पार्टीका नेता होइनौँ। समन्वय हुन नसक्दा उहाँहरु आउने कुरा थाहा भएन। तर उहाँहरु आइसकेपछि विश्वासमा लिने काम सरकारको हो। उहाँहरुसँग संवाद गरेर कसरी यो समस्या हल गर्न सकिन्छ, यो इस्युलाई कसरी समाधान गर्न सकिन्छ, बोलाएर सरकारले संवाद गर्नुपर्थ्यो। कसैले कसैलाई देखाएर राजनीति नगरोस्, व्यक्तिगत फाइदाका लागि प्रयोग नगरोस्, हाम्रो चासो र चिन्ता यो हो,’ उनले भने।

कहिले होला समाधान?
‘सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोग बनाउने निर्णय गर्‍यो। मन्त्रिपरिषदको पहिलो बैठकबाटै आयोग बनाउने निर्णय पनि भयो। अब सरकारले यसको जटिलतालाई हेर्नुपर्छ। कसरी समाधान हुन्छ भनेर सोच्नुपर्छ। आयोगले अब कसरी काम गर्छ, त्यो आयोग बनेपछि थाहा हुन्छ,’ मिटरब्याजपीडित संघर्ष समितिका सदस्य दाहालले भने।

आफूहरुले कानुन व्यवसायीसँग छलफल गरेको र कानुन व्यवसायीले एउटा कानुन र अर्को नीतिअनुसार काम गर्दा समस्या समाधान हुने बताए।

‘पहिलाको कामलाई कानुनले काम गर्दैन। कानुन जुन दिन निर्माण हुन्छ, त्यही दिनदेखि लागू हुने हो। त्यस कारण सरकारले समस्या समाधानका लागि नीति निर्माण गर्नुपर्छ। सरकारसँग तमसुक खारेज गर भनेर माग गरेका थियौँ। पछि कानुन व्यवसायीसँग बुझ्दा सरकारले मन्त्रिपरिषदको निर्णयबाट तमसुक खारेज गरे पनि जुन लिखित छ, त्यो कानुनको नजरमा वैध हुन्छ। किनभने, बकाइदा लेनदेनको विषयमा दुवै पक्षको औँठाछाप पनि हुन्छ। कुनैले सर्वोच्चमा रिट हाल्यो भने उल्ट्याउन सक्छ भन्ने सुभाव आयो,’ दाहालले भने।

कहाँ-कहाँ ठगी भएको छ, कस-कसले ऋणीलाई हिंसा गरेका छन्, छानबिन गरेर कार्बाही गर्ने गरी न्यायिक अधिकार सहितको आयोग बनाउने भनेर आफूहरुले सरकारसँग सहमति गरेको बताए।

‘आयोगको पनि क्षेत्राधिकार हुन्छ। कसरी, के-के गर्ने दुई पक्ष बसेर निर्णय गर्ने समझदारी भएको थियो। फेरि अर्को टिम आयो र अहिले हामी आफैं अलमलमा परियो,’ उनले भने।

मिटरब्याजपीडित छानबिन समितिका अध्यक्ष गौरीबहादुर कार्कीले चैत २६ गतेदेखि आयोग बनाउने गृहकार्य सुरु गरेको जानकारी दिए। आयोगका लागि अफिस काठमाडौं, बुटवल र जनकपुर गरी तीन ठाउँमा रहने उनले बताए।

‘आयोग बनिसकेपछि मिटरब्याज पीडितका समस्या छानबिन गरेर समाधान अघि बढ्छ। पूरै समस्या हल हुन समय लाग्छ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्