धनगढी– कैलालीको धनगढीमा गोली चलेको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडामा सोमबार राति २ राउण्ड गोली चलेको हो।
गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा २ राउण्ड गोली चलेको भए पनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन।
चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर १ जना घाइते भएको पुष्टि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।