• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लाल मोहम्मद घटना : जेलमा भेट, भारतमा योजना, १३ दिनको निगरानीपछि यसरी भएको थियो हत्या

64x64
नारायण अधिकारी मंगलबार, पुस ५, २०७९  १०:२५
1140x725

काठमाडौं– गत असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहार गरी हत्या गरिएका लाल मोहम्मद (लाल मोहम्मद दर्जी)को हत्यामा सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार)देखि भारतसम्मको नेक्कस जोडिएको खुलेको छ।

सर्लाहीको गडौता नगरपालिका–८ घर भइ गोठाटारमा रामकृष्ण श्रेष्ठको साढे दुई तले घर पुरै भाडामा लिएर गार्मेन्ट फ्याक्ट्री सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद हत्याबारे अनुसन्धान गरेको प्रहरीले केन्द्रीय कारागारदेखि भारतसम्मको नेक्कस निकालेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई नेतृत्वको समितिले भारतमा योजना बनाएर १३ दिनको लगातार निगरानीपछि मोहम्मदको हत्या गरिएको निष्कर्ष निकालेको छ। करिब २ महिना लामो अनुसन्धानबाट भारतीय नागरिक बब्लु पासवान भनिने गणेश कुमारको मुख्य योजनामा मोहम्मदको हत्या भएको समितिको ठहर छ। उनकै योजनामा आफ्नै प्रेमिकादेखि नेपाली युवायुवतीको प्रयोग गरेर संसाँझै मोहम्मदको हत्या भएको औंल्याइएको छ।

लागुऔषध मुद्दामा वीरगञ्ज कारागारमा ५ वर्ष बसेर छुटेका बब्लुले नेपाली र भारतीयको सहयोगमा मोहम्मदको हत्या गरेको खुलेको छ। मुख्य योजनाकार बब्लु भनिए पनि मोहम्मदको हत्यामा ६ जना भारतीयको प्रत्यक्ष संलग्नता रहेको समितिले निष्कर्ष निकालेको छ।

भारत मोतिहारी रक्सौल थाना परेउवा–१७ का बब्लु भनिने गणेश कुमार, भारतकै पूर्वी चम्पारन जिल्ला रक्सौल थाना मननकी २२ वर्षीया ममता भनिने मेरिना तिवारी, भारत जालान्धर महेशपुर मअजगढका अन्दाजी २७/२८ वर्षका राजु भनिने दिनेश, भारत रक्सौल बिहार घर भएका अन्दाजी ४०/४५ वर्षका गुड्डु पटेल, भारत दिल्ली राना प्रताप बागमाका नितिन खान भनिने नितिन मदान र भारत सैफुल्लाह मिया परेउवाका २३ वर्षीय मो. नेजामुदिन हत्यामा प्रत्यक्ष संलग्न रहेको भट्टराई समितिको निष्कर्ष छ। 

बब्लुले योजना बनाएको र उनको योजनाअनुसार बाँकी पाँच जनाले काम गरेको पाइएको छ। उनीहरुकै योजना अनुसार पर्साको वीरगञ्ज–१६ का १९ वर्षीय मोहराम मिया भनिने मोहरम मिया, १७ वर्षीय रेहान मिया र मकवानपुरको बकैया गाउँपालिका–१ कि २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानले सहयोगीको भूमिका खेलेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

१३ दिनदेखि रेकी : मोहम्मदको भिडियो, फोटो बल्लुलाई
बब्लु र ममता प्रेमि–प्रेमिका हुन्। बल्लुले प्रेमिका ममताको प्रयोग गरेर मोहम्मदको निगरानी गरेको खुलेको छ। ममता लागुऔषध मुद्दामा केन्द्रीय कारागारमा थुनामा थिइन्। चोरी आरोपमा बौद्ध प्रहरीले पक्राउ गरेपछि सुमी २०७६ असारमा पुर्पक्षका लागि केन्द्रीय कारागार पुगिन्।

त्यहीँ भेट भयो, सुमी र ममताको। नेपाली भाषा समेत बोल्न जान्ने भएकाले ममता र सुमी निकै नजिक भए। सुमी २०७८ फागुनमा कारागारबाट छुटिन्। ममता भने गत साउनमा कारागारबाट छुटिन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि ममताले नै सुमीलाई रक्सौल बोलाएर बब्लुसँग चिनजान गराएकी थिइन्। रक्सौल जान काठमाडौंबाट वीरगञ्ज पुगेकी सुमीलाई रिसिभ गरेर रक्सौलसम्म पुर्‍याउने जिम्मा बब्लुले वीरगञ्जका मोहराम मिया र १७ वर्षीय रेहान मियालाई (उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन्) खटाएका थिए।

उनीहरुले मोटरसाइकलमा राखेर सुमीलाई रक्सौल पुर्‍याएका थिए। त्यसपछि ममतामार्फत सुमीको बब्लुसँग चिनजान भएको थियो। बल्लुलाई भेटेपछि सुमी र ममता गत भदौ १८ गते रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आएका थिए। त्यसपछि सुमी र ममता जम्मुडाँडास्थित कोशिपारी गेष्टहाउसमा गएर बसेका थिए। दुई दिन उक्त गेष्टहाउसमा बसेपछि होटल सञ्चालकले परिचयपत्र लगायतका कागजात मागेपछि उनीहरुले होटल परिवर्तन गर्दै बौद्धस्थित माँ गेस्टहाउसमा बसेका थिए। 

उक्त होटलमा बसेर उनीहरुले बब्लुले सिकाएअनुसार मोहम्मदको सम्पूर्ण गतिविधि रेकी गर्न थालेका थिए। मोहम्मदका गतिविधिका भिडियो, फोटो समेत गोप्य रुपमा खिचेर उनीहरुले बब्लुसम्म पुर्‍याउँथे। होटलमा बस्दाको सम्पूर्ण खर्च बब्लुले नै ब्यहोरेका थिए।

Gothatar_goli_Kanda_arrest1664535772.jpg
लाल मोहम्मद हत्या घटनामा गत असोजमा पक्राउ परेका ३ जना

मोहम्मदको हत्या गर्न १३ दिनअघिदेखि मकवानपुरकी सुमी र बब्लुकी प्रेमिका ममताले निगरानी गरेका थिए। गोठाटारकै कोशिपारी र बौद्धको माँ गेष्टहाउसमा बसेर उनीहरुले मोहम्मदको निगरानी गरेका थिए। माँ होटलको इन्ट्री बुकमा समेत ममताको नाम र मोबाइल नम्बरमा कोठा बुक भएको पाइएको थियो भने कोशिपारी होटलको कोठा भने नितिन मदानको नाम र मोबाइल नम्बरमा बुक भएको पाइएको थियो। 

इन्ट्री बुकमा उल्लेख भएका ममता र नितिनको मोबाइल नम्बरको कलवाइज लोकेशन, एसएमएस, कल डिटेल रिपोर्ट लगायत यी नम्बरबाट सुमीको नम्बरमा बारम्बार कन्ट्याक्ट भएको खुलेको थियो। मोहम्मदमाथि गोली चल्ने बेलासम्म घटनास्थल वरपर नै सुमी र ममता रहेको मोबाइल लोकेशनबाट प्रहरीले पत्ता लगाएको थियो।

जब दुई मास्कधारीसँग पुतलीसडकमा भेट भयो
मोहम्मदको हत्या हुनुभन्दा ४ दिनअघि मोहम्मदको सम्पूर्ण जानकारी लिएर बसेका सुमी र ममता पुतलीसडक पुगेका थिए। पुतलीसडकमा मास्क र क्पाय लगाएर बसेका दुई जना पुरुषसँग उनीहरुले भेट गरे।

बल्लुकै योजनाअनुसार भारतदेखि काठमाडौं आएका ती दुई युवक थिए, राजु भनिने दिनेश र गुड्डु पटेल। पछि मोहम्मदलाई गोली हान्ने व्यक्ति यीनै दुई जना रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

यी दुई व्यक्तिलाई सुमी र ममताले कोशीपारी गेष्टहाउसमा पुर्‍याएर नितिन मदानले बुक गरेको कोठामा लगेर राखेका थिए। त्यसको ४ दिनपछि असोज ३ गते साँझ उनै दुई जना राजु र गुड्डुले मोहम्मदलाई गोली हानी हत्या गरे।

दशैंमा घर आउन खोज्दा पक्राउ परिन् सुमी
हत्या भएपछि ममताले नै फोन गरेर सुमीलाई काम भयो अब भागौं भनेपछि उनीहरु ट्याक्सीमा दक्षिणकालीको बाटो हुँदै फरार भएका थिए। त्यसपछि उनीहरु वीरगञ्जबाट भारत छिरेका थिए। उनीहरु लखनउमा ममताको घरमा २ दिनसम्म बसे। त्यसपछि सुमीले दशैंमा घर जाने बताइन्।

ममताले घर जानु उचित नरहेको र प्रहरीले समात्ने बताइन्। तर, जसरी पनि दशैंमा आफू घर जानैपर्ने सुमीले बताएपछि अब आइन्दा मलाई सम्पर्क नगर्नु भन्दै ममताले भारु १० हजार रुपैयाँ दिएर सुमीलाई बिदा गरेको पाइएको अनुसन्धान अधिकारीले बताएका छन्। 

काठमाडौं आएपछि सुमीलाई प्रहरीले असोज १३ गते गोंगबुबाट पक्राउ गरेको थियो। पछि काठमाडौं जिल्ला अदालतले सुमीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। मोहम्मदको रेकी गरेर उनको सम्पूर्ण गतिविधिको भिडियो, फोटो पठाएवापत बब्लुले डेढ लाख दिने आश्वासन दिएपछि आफूले रेकी गरेको सुमीले प्रहरीसमक्ष बताएकी थिइन्।

कसरी प्रयोग भए मोहरम र रेहान?
मोहरम वीरगञ्जमै कक्षा ११ मा अध्ययनरत थिए। उनका आफ्नै दाई समिर मियामार्फत बब्लुसँग उनको चिनजान भएको थियो। सोही क्रममा एक दिन बल्लुले उनलाई फोन गर्दै काठमाडौंबाट सुमी वीरगञ्ज आउँदै गरेको र उसलाई रिसिभ गरेर सक्सौलसम्म ल्याउन अह्राएका थिए। 

युवतीको फोटो समेत बब्लुले उनलाई ह्वाट्सएपमा पठाएका थिए। त्यसपछि मोहरमले रेहानलाई समेत लिएर बसपार्क पुगी सुमीलाई रिसिभ गरेर रक्सौल पुर्‍याएर वीरगञ्ज फर्केका थिए। त्यसको केही समयपछि बल्लुले फोन गर्दै तीन थान हतियार काठमाडौं लैजानु पर्ने भएको र त्यसवापत ४० हजार रुपैयाँ मिल्ने बताएका थिए।

उक्त कुरा मोहरमले रेहानलाई पनि सेयर गर्दै हतियार बोक्न राजी भएर उनीहरु गत भदौ ३१ गते रक्सौल पुगेका थिए। रक्सौलबाट हतियार वीरगञ्ज ल्याएपछि उनीहरु हतियार बोकेर रात्री बसमार्फत काठमाडौं आएका थिए। रक्सौलमा हतियार रिसिभ गर्ने बेलामा ३५ हजार पाएका उनीहरुलाई बाँकी ५ हजार भने काठमाडौंमा हतियार रिसिभ गर्ने मान्छेले दिने बब्लुले बताएका थिए।

असोज १ गते काठमाडौंको माछापोखरी आइपुगेर उनीहरुले बब्लुले भनेअनुसार नै हतियार सम्बन्धित व्यक्तिलाई दिएका थिए।

यी दुईबाट हतियार लिने व्यक्ति मोहम्मद हत्याका सुटर राजु र गुड्डु भएको एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई बताए। ती अधिकृतका अनुसार उनीहरुले माछापोखरीको लुम्बिनी तन्दुरी होटलमा हतियार र गोली  रिसिभ गरेका थिए।

पेस्ताल दिएर वीरगञ्ज पुगेपछि असोज ३ गते बब्लुले भारतबाट फोन गर्दै उक्त हतियारबाट मोहम्मदको हत्या भएको र प्रहरीले खोजीरहेकाले भाग्न भनेका थिए। त्यसपछि उनी असोज ८ गते वीरगञ्जबाट भक्तपुर आइपुगेका थिए। भक्तपुर आएलगत्तै सूर्यविनायकबाट प्रहरीले मोहरमलाई पक्राउ गरेको थियो।

रेहानलाई भने असोज १४ गते बाराको प्रसौनीबाट प्रहरीले पक्राउ गरेको थियो। यी दुवैलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको छ। रेहान भने नाबालक भएकाले उनलाई भक्तपुरस्थित बाल सुधार गृहमा राखिएको छ भने मोहरमलाई केन्द्रीय कारागारमा राखिएको छ।

मोहम्मद हत्यामा प्रयोग भएका तीन नेपाली पक्राउ परे पनि मुख्य योजानकारसहित ६ भारतीय भने अझैसम्म फरार छन्। उनीहरुको पहिचान भइसकेपनि भारतीय प्रहरीको असहयोगका कारण पक्राउ पर्न नसकेको प्रहरी स्रोतले बताएको छ। 

सम्बन्धित समाचार :
सेट्टीको कनेक्सन देखिएपछि रसुवा कारागार पुगेर सोधपुछको तयारी, हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो
गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?
गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन
गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन
गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?
गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु
पल्सर मोटरसाइकलमा आएका २ जनाले चलाएका थिए गोठाटारमा गोली
काठमाडौंको गोठाटारमा गोली चल्यो

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्