• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?

64x64
नारायण अधिकारी मंगलबार, असोज ४, २०७९  १२:३१
1140x725

काठमाडौं– सर्लाहीको गोडैता नगरपालिका–२ का लाल मोहम्मद दर्जीमाथि राजधानीमै सोमबार साँझ गोली प्रहार भयो। बा ६ च ५१५२ नम्बरको कारमार्फत साँझ पौन ७ बजेतिर गोठाटारमा रहेको आफ्नो गार्मेन्टको पसलमा आइपुगेका थिए मोहम्मद। सेतो रङको कारबाट झरेर पसलतर्फ जान लाग्दा रातो रङको सर्ट लगाएका व्यक्तिले उनीमाथि गोली प्रहार गर्न सुरु गरेको सीसीटिभी फुटेजमा देखिन्छ। गोली हान्न थालेपछि मोहम्मद छल्दै एक फन्को गाडी वरपर घुम्छन्। तर, सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गर्छन्।

बुवालाई गोली प्रहार गरेको देखेपछि उनकी छोरी घरमाथिबाटै हाम फाल्छिन्। त्यतिञ्जेलसम्म गोली प्रहार गरेर सुटर फरार भइसक्छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराका अनुसार गोली प्रहार गर्न आएको २ जनाको समूह पल्सर मोटरसाइकल चढेर फरार हुन्छ। 

त्यसपछ अनुसन्धानमा जुटेको प्रहरीले मोहम्मद सामान किन्न आएका ग्राहक रामप्रसाद गौतमको गाडीमा चढेर प्लाष्टिक लिन गएको र फर्केर पसलमा आइपुग्दा गोली प्रहार भएको खुलेको छ। यो सबै दृश्य रामप्रसादले गाडीभित्रैबाटै नियालेका थिए। 

चार राउण्ड गोली प्रहारबाट गम्भीर घाइते भएका मोहम्मद उठेर हिँड्न खोज्छन् तर, लडिहाल्छन्। गम्भीर घाइते मोहम्मदलाई उपचारका लागि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकोमा डाक्टरले मृत घोषणा गरे। गोली प्रहार गरी मोहम्मदको हत्या भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालयलगायतको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको थियो। मोहम्मदले नेत्रवित्रक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सदस्यता लिएको समेत खुलेको छ। 

हत्यामा मोहम्मदकै समूह?
मोहम्मदलाई कसले किन हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा मोहम्मदको विवादास्पद विगत देखिएपछि प्रहरीले सोही कारण उनको हत्या भएको हुनसक्न विश्लेषण गरेको छ। 

२०६४ असार २० गते अनामनगर धोबिखोलामा बाराका बलराम पटुवाको गोली हानी हत्या भएको थियो। उक्त हत्या काण्डमा हाल मारिएका व्यक्ति मोहम्मद र पप्पु गुप्ता पक्राउ परेका थिए। 

उनीहरु सबै जना एउटै समूहमा रहेर भारतीय जाली नोटको अवैध कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। पाकिस्तान र बंगलादेशसँग नजिक रहेर भारतीय नक्कली नोटको कारोबार गरेको पाइएपछि भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस (रअ) को लेन्समा उनीहरु थिए।

Goli_Kanda_Gothataar_Kathmandu1663602861.jpg
मोहम्मदलाई गोली हानिएको ठाउँ।

यही हत्या घटनामा संलग्न भएको पाइएपछि घटनाको दुई वर्षपछि बाराका इल्ताब हुसेन अन्सारी पक्राउ परेका थिए। घटनामा संलग्न भएका अर्का पात्र वाहिद खान भने हाल मारिएका मोहम्मद जेलबाट छुटेपछि मात्रै पक्राउ परेका थिए। मोहम्मद १० वर्ष जेल बसेर २०७४ सालमा छुटेका थिए। मोहम्मद छुटेपछि वाहिद पक्राउ पर्नुमा मोहम्मदकै हात रहेको प्रहरी उच्च स्रोतले बताएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले उनै मोहम्मदको गोली हानी हत्या भएपछि यही समूहको नेक्सस हुनसक्ने एउटा विश्लेषण प्रहरीले गरेको छ। ‘१५ वर्षअघि आफ्नै समूहका व्यक्तिको हत्या गर्नु, त्यसपछि मोहम्मद जेल जानु, जेलबाट छुटेपछि उनकै सूचनाका आधारमा अर्का व्यक्ति पक्राउ परेर जेल जानु र त्यसपछि मोहम्मदको हत्या हुनुले ग्याङभित्रकै योजनाबद्ध हत्या (ग्याङ मर्डर) जस्तो पनि देखिन्छ’, घटनालाई नजिकबाट नियालेका एक प्रहरी निरीक्षकले नेपाल लाइभसँग भने। 

वाहिद पक्राउ पर्नुअघिसम्म परिचय बदल्न जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट विजयकुमार श्रीवास्तवको नाममा नागरिकता समेत लिएका थिए भने गोकर्णेश्वरमा गार्मेन्ट फ्याक्ट्री चलाएर बसेका थिए। 

रअको नजर : भारत विरोधी गतिविधि
मोहम्मद गोठाटारमा गार्मेन्ट चलाएर बसेकाले उनको सबै सूचना यो समूहसँग हुने र प्रतिशोधको बदलामा हत्यासम्म भएको हुनसक्ने एउटा विश्लेषण प्रहरीको छ। अर्कोतर्फ भने मोहम्मदले नक्कली भारतीय नोटको कारोबार गर्ने गरेको, पाकिस्तानसँग निकट भएर काम गरेको र मुस्लिम नेता समेत भएकोले उनको हत्या भारतीय पक्षबाट भएको हुनसक्ने प्रहरी विश्लेषण छ।

भारतीय नक्कली नोटको कारोबार लागुऔषधमा जोडिने र अर्थतन्त्र नै धरासfयी बनाएर चरम अभाव निम्त्याउने योजनामा आतंकवादीहरुले नक्कली नोटको कारोबार गर्ने गरेको भन्दै भारतीय सुरक्षा अधिकारीको उच्च निगरानीमा नक्कली नोट कारोबारी हुने गर्छन्। मोहम्मद पनि नक्कली नोट कारोबारीमा जोडिएको सूचना रअसँग भएकाले उनी टार्गेटमा परेको हुनसक्ने सुरक्षा अधिकारीको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्कोतर्फ गोली प्रहारको शैली हेर्दा पनि उक्त घटनामा रअकै संलग्नता भएको हुनसक्ने आशंका गरिएको छ। हाल विशेष ब्यूरोमा कार्यरत रहेका एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभसँग भने, ‘यस्तो किसिमको हत्यामा रअ आफैं संलग्न हुने भन्दा पनि भारतमा वान्टेड रहेका अपराधीहरुको प्रयोग गर्ने गरेको देखिन्छ। भारतमा वान्टेड हुने र त्यसवापत पक्राउ नगर्ने भन्दै यस्ता आपराधिक काममा उनीहरुको प्रयोग हुने गरेको देखिन्छ। वान्टेड व्यक्तिलाई सबै सुरक्षा दिनेसम्मका काम उनीहरु आफैंले गरेका छन्।’ 

Lal=mohammad-id-card1663655966.jpg
मोहम्मदले नेकपाबाट लिएको सदस्यता पत्र।

सिसीटिभी फुटेजमा गोली प्रहार गरेको सबै दृश्य देखिनु, सुटर समेत फुटेजमा कैद हुन, हत्यामा प्रयोग भएको पेस्तोल समेत घटनास्थलबाट बरामद हुनु तर, अहिलेसम्म सुटर पत्ता नलाग्नुले पनि उक्त घटनामा सीमापार अपराध जोडिएको हुनसक्ने विश्लेषण प्रहरीको छ। 

जो मोहम्मद शैलीमै मारिए
मोहम्मद मात्रै होइन यही शैलीमा अन्य व्यक्तिको समेत हत्या भएको थियो। इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते काठमाडौं घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो।

फैजानको हत्यामा भारतीय पेसेवर हत्याराको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्। मुस्लिमका नेता फैजानले भारत विरोधी गतिविधि गरेको भन्दै उनको हत्या भएको थियो। फैजान अहमदलाई घण्टाघरअघि मूलबाटोमै समातेर गोली हानिएको थियो। 

सुनसरीको भुटाहामा रैयान नेशनल स्कुल चलाउँदै आएका खुर्सीद आलमको २०७५ असोज ४ गते अपरान्ह गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी भारततर्फ भागेका थिए। हत्यापछि अनुसन्धान गर्दा मुस्लिम सुमदायका अगुवा मानिएका खुर्सीद भारतीय सुरक्षाकर्मीको टार्गेटमा रहेको खुलेको थियो। 

भारतमा सन् १९९३ मा भएको मुम्बई बम विस्फोटमा संलग्न भएको आशंकामा आलमलाई भारतीय प्रहरीले खोजिरहेको थियो। 

khursid-hatya1663656069.jpeg
हत्या गरिएका खुर्सीद आलम।

खुर्सीद २०५४ मा जिल्ला विकास समितिमा थिए। त्यतिबेला भारतीय प्रहरी सादा पोशाकमै आएर खुर्सीदलाई बुझाइदिन आग्रह गरेका थिए। पछि भारतीयबाटै खुर्सीद मारिए। आफ्नै स्वामित्वको स्कुलमा पढाएर उनी बजार गएका थिए। बजारबाट घर फर्किने क्रममा उनलाई दुईवटा मोटरसाइकलमा आएका चार जना भारतीयले गोली हानेका थिए। उनको कन्चटमा गोली प्रहार गरिएको थियो। 

२०६६ माघ २४ गते लाजिम्पाटमा रहेको फ्रान्सेली दूतावास अगाडि सडकमा सञ्चार उद्यमी जमिम साहको गोली हानी हत्या भएको थियो। आतंकवादी गतिविधि तथा भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको र सोही कारण भारतीय पक्षबाट उनको हत्या भएको प्रहरी अधिकारीहरु अनौपचारिक रुपमा बताउँदै आएका छन्। अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग निकट रहेर भारत विरोधी गतिविधि गरेको आरोपमा भारतीय पक्षबाट उनको हत्या भएको प्रहरीको बुझाइ छ। 

साहको हत्यापश्चात विभिन्न छानबिन, अनुसन्धान र आयोग बनाएर काम गरेपनि हत्यारा पत्ता नलाग्नुले प्रहरीको उक्त विश्लेषणलाई सही सावित गरेको छ। 

यही शैलीमा २०५५ असार १५ गते काठमाडौंमा पूर्वराज्यमन्त्री तथा सांसद मिर्जा दिलसाद बेग, २०६४ असोजमा बाँकेमा अब्दुल माजिद मनिहा र २०६६ पुसमा रुपन्देहीमा सौकत बेगको हत्या भएको थियो । यी सबै घटनामा भारतीय पक्षको हात रहेको अनौपचारिक कुराकानीमा प्रहरी अधिकारीहरु बताउने गर्छन् ।

जो जोगिए 
भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारी अहिले जेलमा छन्। दाउदसँग निकट रहेर नेपालको एजेन्ट भएर काम गरेको भन्दै उनको हत्या गर्न भारतीय समूह काठमाडौं नै आएको थियो। त्यतिबेला युनुसको हत्या योजना असफल भएपछि जमिम साहको हत्या भएको खुलेको थियो। 

भारतीय समूह काठमाडौं आएको बेला युनुस भारतीय नक्कली नोटसहित पक्राउ परेर जेलमा थिए। अदालत लैजाने क्रममा गोली हान्ने योजना बनाएपनि त्यतिबेला उनीहरु असफल भएका थिए। 

jali_note-unis-ansari1663656153.jpg
भारतीय नक्कली नोटसहित पक्राउ परेका युनिस अन्सारी र उनको समूह।

नक्कली नोट र लागुऔषध मुद्दामा चार वर्ष कैद सजाय काटेर निस्किएका युनुस अन्सारीलाई भारतीय नक्कली नोटसहित २०७० माघमा नख्खुबाट पक्राउ गरिएको थियो। उनी २०७० असोजमा केन्द्रीय कारागारबाट छुटेका थिए। त्यसलगतै उनी नक्कली नोटसहित २०७० माघमा पक्राउ परे। त्यसबेला उनको साथबाट प्रहरीले ३४ लाख नक्कली भारतीय नोट फेला परेको थियो।

उनी पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन्। अन्सारी पहिलोपटक २०६५ पुस १८ मा त्रिपुरेश्वरको ब्लुबर्ड होटलको कोठाबाट २५ लाख ४४ हजार नक्कली भारुसहित पक्राउ परेका थिए।

जेलमा हुँदा अन्सारीले बाबर भन्ने नाम प्रयोग गरी पाकिस्तान र दुबईबाट नक्कली भारु मगाउने गरेका थिए। उनी केन्द्रीय कारागारमा रहँदा उनकै योजनामा २०६७ असोजमा ल्याइएको ४० लाख ९० हजार जाली नोटसहित विमानस्थलबाट नेपाली नागरिक चोकट महतो पक्राउ परेका थिए। 

अन्सारीलाई बयानका लागि अदालत लैजाँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसर अगाडि र २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो। उनलाई त्यसबेला भारत उत्तरप्रदेश लखनउ घर भएका जसजित भनिने मनमितसिंह भाटियाले गोली हानेका थिए। चार्ल्स शोभराजलाई भेट्न भनेर पुगेका सिंहले हानेको ४ राउन्ड गोली नपड्किएपनि पाचौं गोली अन्सारीको कुममा लागेर उछिट्टीएको थियो। 

पछिल्लो पटक २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युनुस अन्सारीसँगै पाकिस्तानी नागरिक समेत गरी ६ जना पक्राउ परेका थिए। अन्सारी अहिले पनि जेलमै छन्। जेलमा सुरक्षित महसुस गरेर आफ्नै योजनामा पक्राउ परेर अन्सारी जेल बसेको सुरक्षा निकायको बुझाइ छ।

Itab-huseain-aalam1663656278.jpg
नक्कली सुनकाण्डमा दोषी ठहर भएर  जेलमा रहेका इल्ताब हुसेन अन्सारी। उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलिरहेको छ।

भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेर भारतीयको टार्गेट हुँदा पनि जोगिएका अर्का पात्र हुन् इल्ताब हुसेन अन्सारी। हाल मारिएका मोहम्मदकै समूहको मुख्य मान्छे भएर नक्कली नोटको कारोबार गर्ने गरेको भारतीय खुफिया एजेन्सीको रिपोर्ट छ। 

उनी पछिल्लो समय साढे १५ किलो नक्कली सुन काण्डमा २०७७ साउन २९ गते पक्राउ परेका थिए। त्यसयता उनी जेलमा छन्। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले समेत मुद्दा चलाएको छ। अन्सारीकै शैलीमा इल्ताब पनि पक्राउ परेर जेल बसेको हुनसक्ने आशंका समेत गरिन्छ।

यो पनि पढ्नुहोस् 
‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’
दुई वर्ष जेल बसेपछि प्रहरीसहित १२ जना निर्दोष!
भारतीय जाली नोट कारोबारमा संलग्न युनुस अन्सारीसहित ६ जना सार्वजनिक
फिदा र खुर्सिद हत्या प्रकरण : अझै पत्ता लागेनन् हत्यारा, प्रहरी भन्छ- अहिल्यै बाेल्न मिल्दैन

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्