• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फिदा र खुर्सिद हत्या प्रकरण : अझै पत्ता लागेनन् हत्यारा, प्रहरी भन्छ- अहिल्यै बाेल्न मिल्दैन

राहत मात्र हैन, न्याय पनि देउ : परिवार
64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०७५  २२:१०
1140x725

इटहरी- सुनसरी सोनापुरका फिदा हुसेन गएकाे मंसिर ५ गते बिहान ६:३० बजेतिर श्रीमतीसँग 'मर्निङ वाक'बाट फर्किँदै थिए।

'मर्निङ वाक'कै क्रममा अचानक उनीमाथि गोली प्रहार भयो। लगत्तै भाइ ज्याबुल हुसनेले उपचारको लागि अस्पताल पुर्‍याए। तर, अस्पतालमा उनकाे मृत्यु भयाे।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले दुहबीमा उनीमाथि गोली प्रहार गरी भागेका थिए। फिदाको हत्या भए लगत्तै दुहबी बजार बन्द भयो। हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै आन्दोलनसमेत भयो।

सरकार र पीडित पक्षबीच सहमति भयो।  सहमतिअनुसार फिदालाई सहिद घोषणा गर्न सरकार राजी भयो। परिवारले १० लाख रुपैयाँ पनि पायो। 

उनका कान्छा छोराले विद्युत प्राधिकरणमा जागिर पनि पाए। तर, अझैसम्म  परिवारले न्याय पाउन सकेको छैन। न त फिदालाई सहिद घोषणा गरिएकाे छ।

खुर्सिद आलममाथि प्रहार गरिएकाे गाेलीकाे खाेका।


हुसनेको हत्या भएको तीन महिना पहिले अर्थात् भदौ ४ गते सुनसरीकै भुटाहमा मुुस्लिम अगुवा खुर्सिद आलमको हत्या भएको थियो। विद्यालयको बैठक सकेर घर फर्कने क्रममा उनको हत्या भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

हत्या लगत्तै भुटाहा बजार तनावग्रस्त बन्याे। छानबिन समिति गठन भयो। सहिद घोषणालगायत पीडितको परीवारलाई १० लाख रुपैयाँ सरकारले प्रदान गर्यो। आलमकाे परिवारले पनि हुसेनका परिवारले झैं आश्वासन त पाए, तर हालसम्म पनि न्याय पाउन सकेका छैनन्।

०००

खुर्सिद र फिदा दुबै मुस्लिम समुदायका अगुवा नेता हुन्। स्थानीयवासी माझ लोकप्रिय मानिएका दुवै नेताहरूको हत्याको प्रकृति समान देखिन्छ। दुबैको हत्या बाइकमा आएका समूहले गरेको पाइएको छ।

आन्तरिक सूचनाको प्रयोगकै आधारमा उनीहरूको हत्या भएको देखिन्छ। तर, प्रहरी अनुसन्धानले ठोस रुपमा आफ्नो प्रतिवेदन बुझाउन सकेको छैन।

प्रहरीको अनुसन्धान फितलो हुनु र हत्यारा पक्ता नलाग्नुले त्यहाँको माहोल त्रसित बन्दै गएको छ।  हुसेनको हत्यापछि आफूहरु सधैँ त्रसित हुनुपरेको भाइ ज्याबुल हुसेनले बताए

फिदाको घर अगाडि प्रहरीको गस्ती जारी छ। दिउँसो ३ र राति ४ जना प्रहरी उनकै घरअगाडि तैनाथ छन्। त्यसको अलावा बिहान र साँझ प्रहरी गस्तीमै हुन्छन्। तर, अहिलेसम्म को अपराधी हो भन्ने विषयमा प्रहरी आफैं अनभिज्ञ भएको अहिलेसम्मको परिणामले बताउँछ।

हुसेन हत्या प्रकरणका अनुसन्धान अधिकृत ज्ञानेन्द्र फुयाँल प्रहरीले अनुसन्धान गरिरहेकाले केही भन्न नमिल्ने बताउँछन्। ‘प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ। यदि त्यसको उपलब्धि बाहिर आएमा अनुसन्धान प्रभावित हुनसक्छ। त्यसैले अहिले केही भन्न मिल्दैन,’ अधिकृत फुयाँलले भने।

०००

फिदाका भाइ ज्याबुलका अनुसार अनुसन्धान टोलीले बारम्बार गाउँघरमा आएर मान्छे भेला पार्ने र सोधपुछ गर्ने गरिरहन्छ। शंका भएको व्यक्तिबारे भन्न लगाउँछन्। 

फिदाको हत्या भएको १५ दिनपछि उनका जेठा दाइ आता हुसेनको हृदयघातका कारण मृत्यु भएको ज्याबुल बताउँछन्। ‘मेरो ठूलो दाइ फिदालाई सम्झिँदै बारम्बार रुनुहुन्थ्यो,’ उनी भक्कानिँदै भन्छन् , ‘म फिदालाई लिएर आउँछु भन्दै हुनुहुन्थ्यो। त्यतिकैमा बसेकै कुर्सीबाट लड्नुभयो। फिदा लिएर आउनुभएन, बरु फिदासँगै जानुभयो।’

दुई श्रीमती, पाँच छोरा र तीन छोरीका अभिभावक फिदाको अभावमा परिवारमा घाम लाग्न सकेको छैन। श्रीमती आशा हुसेन भन्छिन्, ‘सरकारले पैसा दियो, तर न्याय दिएन।’ 

श्रीमानको ज्यान किन्न खोजेर सरकारले अन्याय गरेको उनको भनाइ छ। ‘मलाई पैसा नदिइयोस्, तर न्याय दिइयोस्’, भावुक हुँदै उनले भनिन्।

फिदाका माइला दाइ गपुर हुसेन हरदिन भाइको हत्या भएको ठाउँमा घुमिरहन्छन्। फिदाको हत्या भएको स्थान देखाउँदै उनी भन्छन्,‘मलाई मारेको भए हुन्थ्यो तर मेरो आखाँमा राख्दा पनि नबिझाउने भाइलाई मारिदिए पापीले।’

०००

उता खुर्सिद आलमको परिवार अझैसम्म पनि स्तब्ध छ। उनका दाजु जाबेद आलम पनि अझैसम्म शान्तिसँग बस्नसक्ने अवस्था नरहेको बताउँछन्। ‘कुनै गल्ती नगर्ने मेरोे भाइलाई हत्या गर्नेले भोलि मेरो पनि लिन सक्छ,’ उनी त्रसिद मुद्रामा बोल्छन्।

गृहमन्त्री स्वयम् आएर न्याय दिने वाचा गरे पनि अहिलेसम्म अपराधी पत्ता नलाग्दा न्यायको आशा मरिसकेको उनकाे भनाइ छ।

चार छोरी र तीन छोराका बाबु खुर्सिदको हत्यापछि परिवार अभिभावकविहीन भएको छ। खुर्सिदका छोरा सहाजिद आलम बाबु गुमाउँदाको पीडा सम्झन चाहँदैनन्। ‘अहिले पनि घरमा कोही नयाँ मान्छे आयो भने शंका लाग्छ ,’ उनी गुनासो पोख्दै भन्छन्, ‘घरमा बस्ने अवस्था छैन। तर यो सरकार र प्रहरी प्रशासनले कुनै चासो देखाउँदैन।’ 

०००

खुर्सिदको हत्या लगत्तै छानबिन टोली गठनसमेत भयो। एसएसपी किशोर कुमार दाहालको नेतृत्वमा बनेको टोलीले अझैसम्म अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म अपराधी पत्ता लागेको छैन।

पछिल्लो समय सुनसरीको दक्षिणी क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ। मुस्लिम अगुवाको बारम्बार भएका हत्याले सम्पूर्ण मुस्लिममाथि नै खतरा बढेको अर्का मुस्लिम अगुवा जाकिर हुसेनको भनाइ छ।

नियोजित रुपमा मुस्लिम समुदायमाथि प्रहार गर्ने काम भइरहेकोप्रति उनी रुस्ट देखिन्छन्। भन्छन् ,‘मुस्लिम समुदाय सुरक्षित हुन सकेन भने यो देशमा कोहीपनि सुरक्षित छैनन्। त्यसैले यो सरकारले मुस्लिमको सुरक्षामा ध्यान देओस्।’

र याे पनि:

‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’

खुर्सिद हत्याको फितलो अनुसन्धान, प्रहरी भन्छ- अहिल्यै बोल्न मिल्दैन

खुर्सिद हत्या प्रकरण : परिवारमा अझै सन्नाटा, प्रहरी भन्छ– अपराधी पत्ता लगाएरै छाड्छौं

प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि नहुने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्