इटहरी- मर्निङ वाकमा निस्किएका इँटा उद्योगका सुपरभाइजरको आज बिहानै सुनसरीको दुहबी नगरपालिकास्थित छाताबेली भन्ने स्थानमा गोली हानी हत्या भएको छ।
_x000D__x000D_
मर्निङ वाकपछि फर्कने क्रममा बिहान ६:३० बजे बाबा इँटा उद्योगका सुपरभाइजर फिदा हुसेनको गोली हानी हत्या गरिएको हो। बाइकमा आएका दुई जनाको समूहले उनीमाथि गोली हानेको र उपचार क्रममा हत्या भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवं सुनसरी क्षेत्र नं ३ का नेपाली कांग्रेसका सभापति मेहेदी हुसेनका भाइ हुन्।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीका अनुसार बारम्बारका गोलीकाण्डले घटना रहस्यमय देखिएको छ। गत भदौ ४ मा भएको खुर्सिद हत्या प्रकरण सेलाउन नपाउँदै भएको यस घटनाले थप चुनौती थपेको उनको भनाइ छ।
_x000D__x000D_
गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको उनले बताए। घटनास्थलबाट ३ वटा गोलीका खोका बरामद गरिएको छ।
_x000D__x000D_
गत असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा खुर्सिद आलमको गोली हानी हत्या भएको थियो।
_x000D__x000D_
यो पनि :
_x000D_खुर्सिद हत्याको फितलो अनुसन्धान, प्रहरी भन्छ- अहिल्यै बोल्न मिल्दैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।