इटहरी- गत बिहिबार। संविधान दिवसका विरुद्ध लागेको आगो निभिसेको थिएन। सुनसरीको हरिनगरा गाउँपालिका २ को भुटाहा बजारका सडकभर आगोका मुस्लाहरू देखिन्थे। संविधानको विरुद्धमा सडक तातिरहेको थियो। गाउँका युवा जवान कोही रमिता हेर्न त कोही टायर थप्नमा व्यस्त थिए। तर, त्यही बेला भुटाहाको दियो निभेको कसैले पत्तै पाउन सकेनन्।
_x000D__x000D_
खुर्सीद आलम भुटाहबासीका लागि आशाको दियो थिए। भुटाहाका स्थानीयको खुसीको श्रोत थिए उनी। तर अब सम्झनामा मात्र सीमित छन्। भारतीय सुटरको एक समूहले भुटाहाबासीकाेआशाको दियो रहेका खुर्सीद आलमको प्राण लियो। घर नजिकै रहेको एक सार्वजनिक विद्यालयको छलफल सकेर घर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो।
_x000D__x000D_
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका भारतीय आपराधिक समूहको गोली खुसीदले थाम्न सकेनन्। उनी जमिनमा लडे।
_x000D__x000D_
नजिकै रहेकी खुस्बु अन्सारी हेरेको हेरेकै भइन्। केही बोल्न सकिनन्। जब अपराधी भुटाहा छाडेर भारतीय भूमि पुगे तब मात्र गाउँमा होहल्ला सुरु भयो। बिना अवरोध नेपाल छिरेका अपराधीले छिनभरमै भुटाहाको खुसी लुटेर लगे।
_x000D__x000D_
टायरका धुवाँको मुस्लोसँगै भुटाहाबासीको मनको मुस्लो पनि झन् बढि मडारिन थाल्यो। बजारमा कोलाहल मच्चियो। घरमा रहेका मुस्लिम महिला सडकमा आएर चिच्याउन थाले। संविधानको विरुद्धमा टायर बाल्ने युवाले खुर्सीद हत्याको विरुद्धमा टायर थपे। गाँउले आन्दोलन गर्न थाले ‘हमार खुर्सीद फिर्ता दो।’ ‘अपराधी पुलिस मुर्दावाद।’
_x000D__x000D_
_x000D__x000D_
खुर्सीदको अन्तिम प्राणका साक्षी थिए उनका छिमेकी समिद मिया। आन्दोलनको बीचमा चर्को स्वरमा चिच्याउँदै थिए उनी। नेपाल प्रहरीको असहयोगकै कारण अपराधी पक्राउ गर्न नसकिएको उनको भनाइ थियो। प्रहरीले पैसा खाएको भरमा अपराधी छाडेको उनले आरोप लगाउँदै थिए उनी।
_x000D__x000D_
नजिकै रहेका प्रहरी सुनेको नसुनेकै जस्ताे गरिरहेका देखिन्थे। उनकै साथमा थिए, जमिममिया पनि। समिदकै भनाइलाई साथ दिँदै उनी पनि नेपाल प्रहरीमाथि नै दोष थोपरिरहेका थिए। एक युवा हातमा लाठी बोकेर यताउता गरिरहेका देखिन्थे।
_x000D__x000D_
उनी प्रहरीकै खोजीमा थिए। प्रहरीले कमजोरी गरेकf कारण खुर्सीदको हत्या भएकोमा उनको विश्वास थियो। त्यसैले उनी प्रहरीसँग बदला लिन चाहन्थे। उनीसँगै सम्पूर्ण गाउँबासी नै सडकमा उत्रिएका थिए। प्रहरीले खुर्सीदको सब पोस्मार्टम गर्न लैजाने बताइरहेको थियो। तर, स्थानीयले अपराधी पक्राउ नगरी शव उठाउन नदिने बताइरहेका थिए। प्रहरीमाथि नै जाइ लागौँला झै गरी आन्दोलन भइरहेको थियो।
_x000D__x000D_
टायरका धुवाँ सुक्दै गएपनि स्थानीयको स्वर चर्कँदै थियो। केही समयको बेसुर आन्दोलनपछि समूहमा भेला भएर दुखेसो गर्न सुरु गरे स्थानीयले। त्यसैक्रममा एक समूहमा मुजम्मील मिया भन्दै थिए ‘आँखामा राख्दा पनि नबिझाउने मान्छेले ती चोरको के बिराइदिएछ।’
_x000D__x000D_
उनले यसो भनिरहँदा छेउछाउका कसैले केही बोल्न सकेनन्। एक-अर्काको मुख हेर्दाहेर्दै टोलाइरहे।
_x000D__x000D_
खुर्सीदको शव नजिकै प्रहरीले घटनाको मुचुल्का बनाइरहेको थियो। प्रहरी अधिकारी पनि अन्योल नै देखिन्थे। हरेकका आँखा रसाएका थिए। कोही खुलेर बोल्न सक्ने अवस्थामा थिएनन्। कोही मौन त कोही आक्रोशित थिए।
_x000D__x000D_
खुर्सीद जस्तो मान्छे असुरक्षित भएको गाउँमा आफूहरू कुनै पनि बेला मारिन सक्नेमा उनीको चिन्ता थियो। बेचैन मुद्रामा गाँउलेहरु कुरा गरिरहेका थिए।
_x000D__x000D_
_x000D__x000D_
गोलीको खोका हातमा बोकेर एक समूहमा चिच्याइरहेका थिए मुख्तार आलम। नेकपाका नेता समेत रहेका उनीप्रहरी प्रशासनकै विरुद्धमा बोलिरहेका थिए। ‘जनताले प्रशासनलाई विश्वास गर्न नसकेको र म मुख्तार आलमलाई विश्वास गरेर गोलीको खोक्रा जिम्मा लगाइदिएछ।,’ उनी भन्दै थिए, ‘खुर्सीदको हत्यामा देशका ठूला नेताको पनि हात छ। यसको जिम्मा राज्यले लिनुपर्छ।’
_x000D__x000D_
खुर्सीद जस्तो सोझो मान्छेको हत्या गरेर राज्यले जनताको सपनामाथि खेलबाड गरिरहेको उनको भनाइ थियो।
_x000D__x000D_
४ छोरी, ३ छोरा र श्रीमतीका साथ बस्दै आएका खर्सीद परिवारका मात्र हैन समाजकै अभिभावक थिए। गाउँमा कसैलाई केही समस्या पर्यो भने खुर्सीद नै अन्तिम विकल्प थिए। कसैका छोराछोरी बिरामी भएमा अस्पतालसम्म पुर्याउँथे उनी।
_x000D__x000D_
गाउँमा दुख-बिराम परेको बेला सोधिखोजी गरिरहन्थे उनी। भुटाहा बजारको खुसीको श्रोत थिए। कसैको दुख देख्न नचाहने खुर्सीद अन्ततः कहिल्यै दुख देख्न नपर्ने गरी बिदा भए।
_x000D__x000D_
उनको घर मस्जिद नजिकै टाँसिएको छ। बाटोबाट स्पष्ट घर देख्न नसक्ने गरी मस्जिदको उत्तर दिशाकाे उनको घर पनि बेचैन छ अाजभाेलि। अधिकांश मुस्लिम समुदायको बसोबास रहेको भुटाहा बजारमा मात्र १० वटा मस्जिद छन्। उनी पनि मुस्लिम दस्ता मर्काकाजु इस्ला स्टेटका केन्द्रीय सदस्य हुन्।
_x000D__x000D_
_x000D__x000D_
शोकमा डुुबेको भुटाहामा अहिले सन्नाटा छाएको छ। कोही पनि खुलेर बोल्न सक्ने अवस्थामा छैनन्। भुटाहा टुहुरो भएको छ। बजार र पसल बन्द छन्। विद्यालय खुल्न सकेका छैनन्। कोही नयाँ मान्छे आयो भने शंका गर्ने अवस्थामा पुगेका छन् स्थानीय।
_x000D__x000D_
‘कोहीसँग बोल्नुर्यो भने पनि नहाँसी बोल्नुहुन्नथ्यो, ‘ स्थानीय अलिया अन्सारीले रुँदै भनिन्, ‘कसैलाई केही नभन्ने, सबैसँग मिलेर बस्ने। उहाँ, सम्पूर्ण गाउँलेकै खुसी हुनुहुन्थ्यो।’
_x000D__x000D_
याे पनि पढ्नुस्:
_x000D__x000D_
नेपाल छिरेर भारतीयले किन मार्छन् नेपाली मुस्लिम?
_x000D__x000D_
‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।