काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताएका हुन्।
‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं। यो संकल्पका साथ अघि बढौं,’ उनले भने।
‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ। कम्युनिस्ट पार्टीमा केही केही चिज पसेको छ। त्यसले कम्युनिस्ट पार्टीले फुटाएको छ। त्यसमा ध्यान दिएर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘म ढिलोगरी आएको हुँ। मैले प्रचण्डसँग भनिसकेको छु। उहाँले हुन्छ सम्बोधन गर्छु भनेका छन्। त्यही विश्वास लिएर आफ्नो केहि विमति भएपनि आएको हुँ। कम्युनिस्ट एकतालाई बलियो बनाउन आएको हो।’
नेतृत्वमा भएको कमजोरीका कारण आसालाग्दो पार्टी विभाजन भयो उनले बताए। खनालले भने,‘नेतृत्व पंक्तिमा समस्या छ। के कारणले यस्तो भयो ? सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ। हिजोको गल्ती सच्याउन सकिएन भने फेरि पनि त्यही अवस्था आउँछ।’
देशी विदेशी प्रतिक्रियावादीहरूको अन्त्यका लागि नयाँ धारबाट क्रान्ति गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।