• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?

उदय सेट्टीलाई भेट्न नितिन र मोहम्मद गइरहन्थे रसुवा जेल
64x64
नारायण अधिकारी बुधबार, असोज ५, २०७९  १६:०९
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्याको योजना नितिन मदन भनिने भारतीय नागरिकले बनाएको खुलेको छ। मोहम्मदको हत्या गर्ने सम्पूर्ण बन्दोबस्त मिलाउनेदेखि सुटर ल्याउनेसम्मको काममा नितिनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

आतंकवाद तथा अन्तरदेशीय अपराध हेर्ने नेपाल प्रहरीको विशेष ब्यूरोका एक उच्च अधिकारीका अनुसार सूचना आदानप्रदान, सुराकीदेखि सुटरको बन्दोबस्तसम्म नितिनले नै मिलाएको खुलेको छ। 

गत सोमबार साँझ ६ बजेर ४५ मिनेटतिर बा ६ च ५१५२ नम्बरको कारमार्फत् गोठाटारमा रहेको आफ्नो गार्मेन्ट पसलमा आइपुगेका बेला रातो रङको सर्ट लगाएका व्यक्तिले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेका थिए। सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गरेका थिए। 

उक्त हत्याको योजना बनाएका भारतीय नागरिक नितिन भने लामो समयदेखि काठमाडौंमै बस्दै आएका समेत खुलेको छ। नेपाल प्रहरीको बिशिष्टिकृत इकाइ विशेष ब्यूरोका अधिकारीका अनुसार हत्याका योजनाकार भनिएका नितिन लकडाउनका समयमा काठमाडौंमै पक्राउ परेका व्यक्ति हुन्। प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई २ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ गरेको थियो। 

जुवा खालबाट पक्राउ परेर जिल्ला प्रशासन कार्यालयको आदेशपछि छुटेका उनै नितिनले मोहम्मद हत्याको सम्पूर्ण योजना बनाएको खुलेको प्रहरी स्रोतको दाबी छ। 

को हुन् नितिन?
भारतीय नागरिक नितिन मदन अपहरण मुद्दामा जेलमा रहेका अर्का भारतीय उदय सेट्टीका विश्वासिला पात्रको रुपमा चिनिन्छन्। उदयको आदेश, निर्देशनअनुसार नेपालमा सम्पूर्ण धन्दा उनै नितिनले चलाउने गरेको प्रहरी स्रोतको दाबी छ। 

नितिनको समूहले काठमाडौंमा हुण्डीको काम गर्ने गरेको थियो। यही समूहमा रहेर हाल मारिएका मोहम्मददेखि २ वर्ष अघि साढे १५ किलो नक्कली सुनसहित पक्राउ परेका इल्ताब हुसेन अन्सारीसम्मले काम गर्दै आएको खुलेको थियो। प्रहरी स्रोतका अनुसार त्यतिबेला बरामद भएको नक्कली सुनको ‘नेक्सस’ समेत सेट्टीसम्म पुगेको थियो। सेट्टी रसुवा कारागारमा थिए। उनै सेट्टीलाई भेट्न हाल मारिएका मोहम्मद र नितिन बारम्बार रसुवा पुग्ने गरेको पाइएको छ। 

‘नितिनको मोबाइलमा रसुवा कारागारको ल्याडलाइनबाट पटक–पटक फोन सम्पर्क भएको समेत देखिन्छ,’ विशेष ब्यूरोका एक अधिृकत भन्छन्। एउटै समूहमा रहेर काम गर्दा खटपट भएको परिणाम स्वरुप मोहम्मद मारिएको आशंका प्रहरीको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यतिमात्रै होइन सेट्टी र मोहम्मदको नख्खु कारागारबाट एकसाथ रसुवा कारागारमा समेत सरुवा भएको थियो। जसले पनि नितिन, सेट्टी र मोहम्मदको निकट सम्बन्ध रहेको जानकार स्रोत बताउँछ।

किन मारिए मोहम्मद?
नक्कली भारतीय मुद्राको कारोबारमा जोडिएका मोहम्मद जेलबाट छुटेपछि नितिनको सम्पर्कमा पुगेका थिए। नितिन सेट्टीका विश्वास पात्र हुन्। सेट्टीलाई पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआईनिकट’ अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेको भनेर पनि हेर्ने गरिन्छ। 

एक प्रहरी अधिकारी भन्छन्, ‘यो फलानोको मान्छे भन्ने प्रमाण त हुन गाह्रो छ। तर विभिन्न घटनाको एनलाइसिस गर्दा सेट्टीलाई दाउदको निकट भनेर हेर्न सकिन्छ।’

मोहम्मद आफैं पनि पाकिस्तानबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने भएकाले उनलाई आईएसआई निकट रहेको भनेर भारतीय खुफिया एजेन्सी 'रअ' ले निगरानीमा राखेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७५ सालमा जेलबाट छुटेपछि मोहम्मद भने नितिनसँग मिलेर काठमाडौं केन्द्रित हुण्डीको कारोबार गर्थे। करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटिएको थियो। हुण्डीको उक्त रकम मोहम्मदले नै लुटेर लगेको नितिनको बुझाइ थियो। 

रकम नै लुटेर लगेपछि भएको खटपटबाट सुरु भएको द्वन्द्वको कारण मोहम्मदको हत्या भएको हुनसक्ने प्रहरी अनुमान छ। यो कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। मोहम्मदको हत्या गर्न उनकै गोठाटारको डेरा नजिकै कोशिपारी गेस्टहाउसमा भाडामा सुटर बसेको समेत खुलेको छ। जितेन खानको नाममा कोठा बुक गरेर गेस्टहाउसमा बसेर रेकी गरिसकेपछि मोहम्मदको हत्या भएको प्रहरी निष्कर्ष छ। 

पुरानो पृष्ठभूमि पनि उत्तिकै कारक
मोहम्मदको हत्या हुनुमा उनको पृष्ठभूमि कारक बन्न सक्नेतर्फ पनि प्रहरी अनुसन्धान जारी छ। आईएसआई तथा पाकिस्तानसँग निकट रहेका भारतीय नक्कली नोटको कारोबार गरेकाले उनी 'रअ' को टार्गेटमा परेको भन्ने बुझाइ पनि प्रहरी अधिकृतहरुको  छ। 

२०६४ असार २० गते धोबिखोला करिडोरमा भएको बलराम पटुवाको हत्या र त्यसपछि खुलेको अनुसन्धानको पाटोले उक्त कुरा केही हदसम्म पुष्टि गर्ने आधार समेत देखाउँछ। 

बंगलादेश र पाकिस्तानबाट नक्कली भारु काठमाडौं ल्याउने र कारोबार गर्ने गिरोहका मुख्य नाइके मोहम्मद थिए। बलरामले अर्कै गुटबाट धन्दा चलाएर आफूहरुविरुद्ध गतिविधि गर्न थालेपछि बलरामबाट मोहम्मद समूहले असुरक्षा महसुस गरेर हत्या गरेको थियो। 

बलरामकाे हत्यापछि पाकिस्तानमा रहेको ‘बोस’ लाई समेत जानकारी गराएको बयान त्यतिबेला मोहम्मदले प्रहरीसमक्ष नै दिएका थिए। ‘बलरामको हत्या गरेपश्चात मैले पाकिस्तानमा बोसलाई फोन गरी हामीले बलरामलाई मार्‍यौं भनि जानकारी गराएको हुँ,’ मोहम्मदले बयानमा भनेका थिए। 

मोहम्मदको बयानलाई मात्रै आधार मानेर पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) सँग जोडेर मोहम्मदलाई हेर्दा पुष्टि हुने आधार कम हुन्थ्यो। तर मोहम्मदले चलाउने ९८०३४५७*** नम्बरको मोबाइलबाट पाकिस्तानको फोन नम्बर ००९२–३०६२८५९०५४ मा बलरामको हत्या गरिएपछि २०६३ असार २० गते राति ८ बजेर ३८ मिनेटदेखि ८ बजेर ४२ मिनेटसम्म गरी ४ मिनेट कुराकानी भएको कल स्टेटमेन्टबाट प्रहरीले पुष्टि थियो।

नक्कली भारुको कारोबार गर्नु, पाकिस्तानी खुफिया एजेन्सी आईएसआई तथा पाकिस्तानकै संरक्षणमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट भएर काम गर्नु र बलरामको हत्यापछि पाकिस्तानमा रहेका आईएसआईका एजेन्टलाई फोन गरेर हत्याको जानकारी गराउनु सम्मका गतिविधिले मोहम्मद भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विंङ (रअ) को टार्गेटमा परेको हुनसक्ने प्रहरीको विश्लेषण छ।
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्