• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?

उदय सेट्टीलाई भेट्न नितिन र मोहम्मद गइरहन्थे रसुवा जेल
64x64
नारायण अधिकारी बुधबार, असोज ५, २०७९  १६:०९
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्याको योजना नितिन मदन भनिने भारतीय नागरिकले बनाएको खुलेको छ। मोहम्मदको हत्या गर्ने सम्पूर्ण बन्दोबस्त मिलाउनेदेखि सुटर ल्याउनेसम्मको काममा नितिनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

आतंकवाद तथा अन्तरदेशीय अपराध हेर्ने नेपाल प्रहरीको विशेष ब्यूरोका एक उच्च अधिकारीका अनुसार सूचना आदानप्रदान, सुराकीदेखि सुटरको बन्दोबस्तसम्म नितिनले नै मिलाएको खुलेको छ। 

गत सोमबार साँझ ६ बजेर ४५ मिनेटतिर बा ६ च ५१५२ नम्बरको कारमार्फत् गोठाटारमा रहेको आफ्नो गार्मेन्ट पसलमा आइपुगेका बेला रातो रङको सर्ट लगाएका व्यक्तिले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेका थिए। सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गरेका थिए। 

उक्त हत्याको योजना बनाएका भारतीय नागरिक नितिन भने लामो समयदेखि काठमाडौंमै बस्दै आएका समेत खुलेको छ। नेपाल प्रहरीको बिशिष्टिकृत इकाइ विशेष ब्यूरोका अधिकारीका अनुसार हत्याका योजनाकार भनिएका नितिन लकडाउनका समयमा काठमाडौंमै पक्राउ परेका व्यक्ति हुन्। प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई २ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ गरेको थियो। 

जुवा खालबाट पक्राउ परेर जिल्ला प्रशासन कार्यालयको आदेशपछि छुटेका उनै नितिनले मोहम्मद हत्याको सम्पूर्ण योजना बनाएको खुलेको प्रहरी स्रोतको दाबी छ। 

को हुन् नितिन?
भारतीय नागरिक नितिन मदन अपहरण मुद्दामा जेलमा रहेका अर्का भारतीय उदय सेट्टीका विश्वासिला पात्रको रुपमा चिनिन्छन्। उदयको आदेश, निर्देशनअनुसार नेपालमा सम्पूर्ण धन्दा उनै नितिनले चलाउने गरेको प्रहरी स्रोतको दाबी छ। 

नितिनको समूहले काठमाडौंमा हुण्डीको काम गर्ने गरेको थियो। यही समूहमा रहेर हाल मारिएका मोहम्मददेखि २ वर्ष अघि साढे १५ किलो नक्कली सुनसहित पक्राउ परेका इल्ताब हुसेन अन्सारीसम्मले काम गर्दै आएको खुलेको थियो। प्रहरी स्रोतका अनुसार त्यतिबेला बरामद भएको नक्कली सुनको ‘नेक्सस’ समेत सेट्टीसम्म पुगेको थियो। सेट्टी रसुवा कारागारमा थिए। उनै सेट्टीलाई भेट्न हाल मारिएका मोहम्मद र नितिन बारम्बार रसुवा पुग्ने गरेको पाइएको छ। 

‘नितिनको मोबाइलमा रसुवा कारागारको ल्याडलाइनबाट पटक–पटक फोन सम्पर्क भएको समेत देखिन्छ,’ विशेष ब्यूरोका एक अधिृकत भन्छन्। एउटै समूहमा रहेर काम गर्दा खटपट भएको परिणाम स्वरुप मोहम्मद मारिएको आशंका प्रहरीको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यतिमात्रै होइन सेट्टी र मोहम्मदको नख्खु कारागारबाट एकसाथ रसुवा कारागारमा समेत सरुवा भएको थियो। जसले पनि नितिन, सेट्टी र मोहम्मदको निकट सम्बन्ध रहेको जानकार स्रोत बताउँछ।

किन मारिए मोहम्मद?
नक्कली भारतीय मुद्राको कारोबारमा जोडिएका मोहम्मद जेलबाट छुटेपछि नितिनको सम्पर्कमा पुगेका थिए। नितिन सेट्टीका विश्वास पात्र हुन्। सेट्टीलाई पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआईनिकट’ अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेको भनेर पनि हेर्ने गरिन्छ। 

एक प्रहरी अधिकारी भन्छन्, ‘यो फलानोको मान्छे भन्ने प्रमाण त हुन गाह्रो छ। तर विभिन्न घटनाको एनलाइसिस गर्दा सेट्टीलाई दाउदको निकट भनेर हेर्न सकिन्छ।’

मोहम्मद आफैं पनि पाकिस्तानबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने भएकाले उनलाई आईएसआई निकट रहेको भनेर भारतीय खुफिया एजेन्सी 'रअ' ले निगरानीमा राखेको थियो। 

२०७५ सालमा जेलबाट छुटेपछि मोहम्मद भने नितिनसँग मिलेर काठमाडौं केन्द्रित हुण्डीको कारोबार गर्थे। करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटिएको थियो। हुण्डीको उक्त रकम मोहम्मदले नै लुटेर लगेको नितिनको बुझाइ थियो। 

रकम नै लुटेर लगेपछि भएको खटपटबाट सुरु भएको द्वन्द्वको कारण मोहम्मदको हत्या भएको हुनसक्ने प्रहरी अनुमान छ। यो कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। मोहम्मदको हत्या गर्न उनकै गोठाटारको डेरा नजिकै कोशिपारी गेस्टहाउसमा भाडामा सुटर बसेको समेत खुलेको छ। जितेन खानको नाममा कोठा बुक गरेर गेस्टहाउसमा बसेर रेकी गरिसकेपछि मोहम्मदको हत्या भएको प्रहरी निष्कर्ष छ। 

पुरानो पृष्ठभूमि पनि उत्तिकै कारक
मोहम्मदको हत्या हुनुमा उनको पृष्ठभूमि कारक बन्न सक्नेतर्फ पनि प्रहरी अनुसन्धान जारी छ। आईएसआई तथा पाकिस्तानसँग निकट रहेका भारतीय नक्कली नोटको कारोबार गरेकाले उनी 'रअ' को टार्गेटमा परेको भन्ने बुझाइ पनि प्रहरी अधिकृतहरुको  छ। 

२०६४ असार २० गते धोबिखोला करिडोरमा भएको बलराम पटुवाको हत्या र त्यसपछि खुलेको अनुसन्धानको पाटोले उक्त कुरा केही हदसम्म पुष्टि गर्ने आधार समेत देखाउँछ। 

बंगलादेश र पाकिस्तानबाट नक्कली भारु काठमाडौं ल्याउने र कारोबार गर्ने गिरोहका मुख्य नाइके मोहम्मद थिए। बलरामले अर्कै गुटबाट धन्दा चलाएर आफूहरुविरुद्ध गतिविधि गर्न थालेपछि बलरामबाट मोहम्मद समूहले असुरक्षा महसुस गरेर हत्या गरेको थियो। 

बलरामकाे हत्यापछि पाकिस्तानमा रहेको ‘बोस’ लाई समेत जानकारी गराएको बयान त्यतिबेला मोहम्मदले प्रहरीसमक्ष नै दिएका थिए। ‘बलरामको हत्या गरेपश्चात मैले पाकिस्तानमा बोसलाई फोन गरी हामीले बलरामलाई मार्‍यौं भनि जानकारी गराएको हुँ,’ मोहम्मदले बयानमा भनेका थिए। 

मोहम्मदको बयानलाई मात्रै आधार मानेर पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) सँग जोडेर मोहम्मदलाई हेर्दा पुष्टि हुने आधार कम हुन्थ्यो। तर मोहम्मदले चलाउने ९८०३४५७*** नम्बरको मोबाइलबाट पाकिस्तानको फोन नम्बर ००९२–३०६२८५९०५४ मा बलरामको हत्या गरिएपछि २०६३ असार २० गते राति ८ बजेर ३८ मिनेटदेखि ८ बजेर ४२ मिनेटसम्म गरी ४ मिनेट कुराकानी भएको कल स्टेटमेन्टबाट प्रहरीले पुष्टि थियो।

नक्कली भारुको कारोबार गर्नु, पाकिस्तानी खुफिया एजेन्सी आईएसआई तथा पाकिस्तानकै संरक्षणमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट भएर काम गर्नु र बलरामको हत्यापछि पाकिस्तानमा रहेका आईएसआईका एजेन्टलाई फोन गरेर हत्याको जानकारी गराउनु सम्मका गतिविधिले मोहम्मद भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विंङ (रअ) को टार्गेटमा परेको हुनसक्ने प्रहरीको विश्लेषण छ।
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड बुधबार, भदौ १०, २०८३
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए? बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
विदुरस्थित एक माध्यमिक विद्यालय बाढीले बगायो बुधबार, भदौ १०, २०८३
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्